यस बर्ष अर्घाखाँचीका मौरी पालक किसानहरुलाई एक हजार घार तथा मौरी जन्य उपकरणहरु बिरण

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला कृर्षि बिकास कार्यालय अर्घाखाँचीले यस बर्ष मौरी पालक किसानहरुका लागि एक हजार मौरिका घार तथा मौरी जन्य उपकरणहरु बिरण गरेको छ ।
जिल्लाको नुवाकोट, ढिकुरा, धनचौर, जुकेना, धारापानी, खन, खनदह, सितपुर तथा सन्धिखर्क नगरपालिका लगायत सम्पुर्ण जिल्लामा गरि एक हजार थान घार बितरण गरिएको जिल्ला कृर्षि बिकास कार्यलयका प्रमुख वरिष्ठ कृर्षि बिकाश अधिकृत योगप्रसाद खरेलले जानकारी दिनु भयो । 
जिल्लामा मौरिको ब्यवसायिक खेति समेत सुरु भएको छ । मौरीका लागि नुवाकोट, धनचौर, ढिकुरा, धारापानी,  सितापुर, सन्धिखर्क नगरपालिका र  ठाडा गाबिसललाई ब्यवसायिक मौरिपालन तथा पकेट एरियाको रुपमा लिएको छ । 
पकेट एरिया घोषणा गरिएको ठाउँहरुमा मौरीको घार लगेर ब्यबसायिक खेति समेत सुरु भएको वरिष्ठ कृर्षि बिकास अधिकृत खरेलले बताउनु भयो । सरकारको ५० प्रतिशत अनुदान तथा किसानको लगानीबाट मौरी घार बितरण गरिएको कार्यालयका जेटि निम बहादुर आचार्यले अर्घाखाँचीडट्कमलाई जानकारी दिनु भयो ।
व्यवसायिक रुपमा सुरु गर्नका लागि कम्तिमा एक घरले २० घार भन्दा माथि मौरी घार तथा गोला बिस्तार हुनुपर्ने सरकारी प्रवधान अनुसार कृषि कार्यालयले सहयोग गर्ने गरेको छ । अर्घाखाँची जिल्लाका सबै ठाउँमा मौरीलाई व्यवसायिक पालन गर्नेको संख्या दिन प्रतिदिन माग बढदै अाएको समृत खरेलले बताउनु भयो । 

अन्य समाचारहरु