तिलक स्मृति AYC भलिबलको सेमिफाइनलमा जुकेना र सनपा १४ भिड्ने

धारापानी र हंसपुर बिचको खेल 

सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कको टुडिखेलमा भैईरहेको तिलक स्मृति AYC भलिबल खेलको सेमिफाइनलका लागि शनिबार जुकेना गाबिस र सन्धिखर्क नगरपालिका १४ प्रथम र दोस्रोका लागि भिड्ने भएका छन ।
खेलकुदमय बनेको टुडिखेलमा शुक्रबार दिनभर सयौं दर्शकले भलिबल खेलको भरपुर मनोरञ्जन लिएका थिए । भलिबल खेलमा स्थानीय बिकास अधिकारी लक्ष्मि पान्डे, प्रहरी नायब उपरीक्षक नबरत्न पौडेल, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता कमल प्रसाद भुसाल, नेकपा एमालेका सचिव राम बहादुर चौहान, एमाले नेता पिताम्बर सारु, राप्रपाका अध्यक्ष देबि बहादुर खड्का, राष्ट्रिय जनमोर्चाका सचिब गोपाल पौडेल लगायतका नेता कार्यालयका प्रमुखहरु, कर्मचारी स्थानीय बासी, व्यवसायी, पत्रकारहरुले दिनभर टुडिखेलमा भलिबल खेलको भरपुर मनोरञ्जन लिएका थिए ।
भलिबल प्रतियोगितामा जिल्लाका जुकेना, जलुके, ढिकुरा, धनचौर, धारापानी, हंसपुर, गोखुङा, ढाकाबाङ, डिभर्ना, असुरकोट, ठाडा र सन्धिखर्क नगरपालिकाका वार्ड नम्बर ९ तथा १४ र १५ वार्डले भलिबल खेलमा सहभागीता जनाएका थिए ।

 आज सम्पन्न भएको प्रथम चरणको बाँकी खेलमा जुकेना vs गोखुङ्गा र धारापानी गाबिस vs सनपा १३ बिच खेल सम्पन्न भएको थियो । जस अनुसार जुकेना र धारापानी को समुह बिजयी भएका थिए । त्यस्तै क्वाटर फाईनल सनपा १४ vs सनपा १५, ठाडा vs सितापुर,हंसपुर vs धारापानी र जुकेना vs असुरकोट गाबिस बिच कडा प्रतिसपर्धा भएको थियो जसमा क्रमशः सनपा १४,ठाडा गाबिस,हंसपुर र जुकेना टिमले जित हासील गरेका थिए । यस्तै आजै सम्पन्न सेमिफाईनल खेलमा सनपा १४ vs हंसपुर र ठाडा vs जुकेना बिच भएको खेलमा सनपा १४ र जुकेना ले बिजय हासील गरेका थिए भले फाईनल खेलका लागी भोलि बिहान ठाडा vs हंसपुर तृतिय स्थान र सनपा १४ vs जुकेना प्रथम र दोस्रो स्थानका लागी भिड्ने क्लबका अध्यक्ष कृष्ण प्रसाद भुसालले बताउनु भएको छ । प्रतियोगितामा ३ वर्ष लगातार खेल जित्नेलाई १ लाख नगद रनिङ शिल, प्रमाण पत्र र मेडलको व्यवस्था गरिएको छ भने प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश ४०, २० र १० हजार रुपैयाँ शिल, मेडल र प्रमाण पत्र प्रदान गरिने क्लबका महासचिब धर्मराज भुसालले जानकारी दिनु भएको छ ।

खेलको अन्तिम शनिबार जुकेना र सनपा १४ बिच कडा प्रतिस्पर्धा हुनेछ । प्रथम हुनेले लगातार तिन पटक जिते सिल पचाउने छ । गत बर्ष भएको खेलमा हंसपुरले सिल जितेको थियोे । यो बर्ष भने हंसपुर तेस्रो का लागि भिड्ने छ ।

अन्य समाचारहरु