सन्धिखर्कमा बिश्वको सबैभन्दा सानो अन्डा हेर्न भिड, अन्डाको प्रर्दशन अभियान सन्चालन

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नम्बर १ निबासी हरि प्रसाद अधिकारीको घरमा पालेको लोकल कुखुराले पारेको चमत्कारी अन्डा बिश्वको सबैभन्दा सानो अन्डा भएको दाबी गरेका छन ।
कुखुराको अन्डा हेर्न दिनहु घरमा भिड-भाड हुने गरेको हरि अधिकारीले बताउनु भयो । अन्डा गिनिज बुकमा कायम गर्ने कार्य प्रोसेसमा रहेको बताउदै सो अन्डामा गौतम बुद्ध र शेषनागको अाकृति देखिन्छ । 
अन्डालाई बिश्व ब्यापी बनाउनका लागि हरि अधिकारीले चमत्कारी अन्डा प्रर्दशन अभियान सन्चालन अाफ्नै लगानीमा सुरु गरेको बताए ।
उनले अर्घाखाँचीबाट अन्डाको प्रर्दशन अभियान सन्चालन गरेको बताए । उनले देशभर सामाजिक रुपान्तरण सँगै कृर्षिको क्रान्तिका लागि अाफुले २० लाख भन्दा बढिलाई अाफुले अन्डा प्रर्दशन गर्ने अभियान सन्चालन गर्ने दावी गरे । 
गिनिज बुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म अन्डाको नाप २.१ सेन्टिमिटर रहेको छ । उनको कुखुराले पारेको अन्डाको नाप १.८५ सेन्टिमिटर रहेको छ । 
विश्वमा अहिलेसम्म कुखुराको सबैभन्दा सानो अन्डा भर्जिनियाका कृषक जोन स्पेन्सर रुसेलको नाममा छ । ९ अगस्ट सन् २०११ मा मापन गरिएको उक्त अन्डाको नाप ०.८२६८ इन्च अर्थात् २.१ सेन्टिमिटर रहेको छ ।

अन्य समाचारहरु