तस्बिर नम्बर – १
अर्घाखाँची जिल्लाको खिल्जी । सदरमुकाम सन्धिखर्कबाट करिव १७ किमी पश्चिममा पर्ने सुन्दर खिल्जीमा सबै सुविधा विजुली, पानी, मोटरबाटो पुगिसकेको छ । तस्बिर: राजिव बेल्बासेबाट
तस्बिर नम्बर – २
अर्घाखाँची जिल्लाको नुवाकोट गाबिस वार्ड -८ स्थित घोराखरीमा । दोस्रो महान पर्व तिहार नजिकिदै जाँदा पानडाँडा, खोराखरी लगायतका गाउँमा रमाइलो चहलपहल जारी छ । साथै यहाँ अहिले सडक, बिजुली एवम बजार लगायत सम्पूर्ण सुविधा पुगीसकेको छ । यहाँका बासिन्दाले सडक छिटो पक्की, पिच होस् भन्ने चाहना राखेका छन् । तस्बिर: मोहन मगरबाट, अर्घाखाँचीडट्कम
तस्बिर नम्बर – ४
अर्घाखाँची जिल्लाको सन्धिखर्क – ९, प्रगतिनगरमा देखिएको सुन्दरता । प्रगतिनगर सेवा, सुविधा र सुन्दरताले भरिपूर्ण छ । साथै यहाँको सडक केही समय पछि पक्की- पिच हुने योजनामा छ । तस्बिर: अर्घाखाँचीडट्कम
तस्बिर नम्बर – ४
पालीको रिखापोखरा गाउँ: अर्घाखाँची जिल्लाको पाली – ८ रिखापोखरा गाउँमा । दोस्रो महान पर्व तिहार नजिकिदै जाँदा हरियालीका साथै गाउँमा रमाइलो चहलपहल जारी छ । । साथै यो गाउँमा सबै सुविधा विजुली, पानी, मोटरबाटो पुगिसकेको छ । तस्बिर: क्षितीज खनाल