नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीको वैठक सन्धिखर्कमा सम्पन्न

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीको वैठक सन्धिखर्कमा सम्पन्न भएको छ । 
संगठनका केन्द्रीय सदस्य रामलाल सुनारको प्रमुख आतिथ्यता, नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष चेतनारायण आचार्यको विशिष्ट आतिथ्यतामा सम्पन्न वैठकमा नेकपा एमाले जिल्ला कमिटीका सदस्य शम्भु प्रसाद पोख्रेल, शिक्षक संगठनका निवर्तमान अध्यक्ष बावुराम आचार्यको  आतिथ्यता रहेको थियो । 
बैठकमा बोल्दै जिल्ला कमिटीका अध्यक्ष चेतनारायण आचार्यले पार्टीलाई बलियो बनाउन शिक्षकहरुको  भ्ूामिका महत्वपूर्ण हुने भन्दै पार्टीलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले आगामी स्थानीय निकायमा निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन पार्टीका सबै शुभेच्छुक संगठनहरु क्रियाशिल हुनुपर्ने बताउनुभयो ।  उहाँले आफू बिरामी परेर बिस्तारमा रहेको अवस्थामा समेत पार्टीलाई मजवुत पार्न कार्यकर्ता माझ  निस्किएको बताउनुभयो ।  
वैठकले यहि कार्तिक २० गते भित्र संगठनमा  आवद्ध शिक्षकहरुको सदस्यता नविकरण गर्नुपर्ने,  मंसिरमा अर्घाखाँचीमा  अञ्चल स्तरीय  वैठकको आयोजना गर्ने निर्णय गरेको छ । 
वैठक संगठनका अध्यक्ष  रामकला भट्टराइको अध्यक्षता र सचिव धुव्र केसीको सञ्चालनमा सम्पन्न भएको छ । 

अन्य समाचारहरु