छत्रगन्ज बहखोरमा एकै रातमा तिन घरमा चोरी

दिपेन्द्र श्रेष्ठ 
छत्रगन्ज, अर्घाखाँची, कार्तिक१२ ।  अर्घाखाँचीको छत्रगन्ज वार्ड नं ४ बहखोरमा एकै रातमा ३ वटा घरमा चोरी भएको छ। 
हिजो ११ गते बिहिबार राति नेवार समुदायहरुको लोपोन्मुखमा पर्न लागेको भैरब नाचको सरक्षण र सस्कृतिको जगेर्ना गर्ने उदेस्यले अर्घाखाँचीको छत्रगन्ज वार्ड नं५ मा रहेको श्री सार्बजनिक उमाबी को प्रांगणमा राखिएको भैरब नाचकै समयमा राति सोहि स्थानबाट करिब पाच सय मिटरको दुरीमा रहेका तिन वटा घरहरुमा चोरी भएको हो । 
छत्रगन्ज४ निवाशी झबिन्द्र रायमाझीको घरको कोठाको ताला फोरी ब्रिकेशमा रहेको नगद रु २ लाख र औठी,झुम्का गरि अन्दाज ६ तोला बराबरको जिन्सी सुनका गरगहना चोरी भएको छ|श्रीमती यहि घटना थाहा पाएपछि मानसिक तनाबका कारण अचेत भएकोले आफुलाई अन्य जिन्सी सामानहरुको बिस्तृत विवरण थाहा नभएको घटनाका पिडित झबिन्द्र रायमाझी बताउछन |त्येस्तै नजिकै घर रहेका उनै झाबिन्द्रका भाइ कमल रायमाझीको पनि घरको दैलो फोरी कोठामा रहेको बाक्साको नगत रु २ लाख ७० हजार र १ तोला ७५ लाल को सिक्री ,डेढ तोलाको मंगलसुत्र ,डेढ तोलाका ४ वटाका औठी ,१ तोलाको झुम्काहरु चोरी भएको छ|(सधै कति प्रदेशमा पसिना बगाउनु अब यतै दुख गर्छु कुखुरा फर्म खोलि सानो ब्याबसाय गरि घरमै बस्छु भनि बिभिन्न ठाउबाट सरसापट गरि ल्याएर राखेको रकम पनि चोरले लगिहाल्यो नियतिको समयले मलाइ घर न घाटको जस्तै बनाइदियो )भन्छन अर्का पिडित कमल रायमाझी| त्येस्तै सोहि स्थानकै उनीहरुकै छिमेकी बसन्त पाण्डेको घरबाट पनि नगत २५ हजार रुपिया चोरी भएको छ |
गाउमा भैरब नाच भएकाले गाउका धेरै जसो सबै स्थानीयहरू उक्त नाच हेर्न गएको र त्येही मौका छोपी घरमा चोरी भएको हुन सक्ने स्थानिय समाजसेबी एबम शिक्षक कैलाश कुमार श्रेष्ठ बताउनुहुन्छ|चोरहरुको समुहले घरहरुमा रहेको नगत रकम र ठुलो रकम बराबरका जिन्सी सुनका गरगहनाहरु चोरेर लगेपछि पिडित घरपरिवारहरुमा रूहाबासी नै चलेको छ|रातिको समयमा गाउलेहरू सबै भैरब नाच हेर्नमै भुलिरहदा घरहरुमा चोरी भएको स्थानियहरुको भनाइ छ |जुन जुन कोठामा पैसा र गरगहना छन तिनै कोठाहरु मात्र फोरिनु अनि भान्सा लगाएतका अन्य कोठा हरु पहिलेकै अबस्थामा यथावत हुनु घटनाको प्रकृति हेर्दा निकै रहस्यमय देखिन्छ|चोरहरुको समुहले पुर्व तयारि र नगत तथा जिन्सी गरगहना राख्ने ठाउहरुको पहिले नै जानाकारी राखी घटना घटाएको हुनसक्ने कोठाको दृश्य देख्ने जो कोहिले पनि आकलन गर्न सक्छ|
चोरी भएको घटना १ बजेर१५ मिनेट जादा जानाकारीमा आए लगतै प्रहरीले उक्त घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको र अहिले पनि छानबिन भैरहेको अर्घातोष प्रहरी चौकी स-इन्चार्ज दिनेश थापाले जानाकारी दिनुभएको छ|

अन्य समाचारहरु