सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेकपा एमाले अर्घाखाँचीका उपसचिव तथा युवा नेता प्रेमनारायण गैरेले एमाले पार्टीभित्र कुनै पनि खालको गुटर उपगुट नभएको दावी गर्नु भएको छ।
रेडियो देउरालीको साझा बिचार कार्यक्रममा अाफ्ना भनाइ ब्यक्त गर्दै एमाले युवा नेता गैरेले नेकपा एमाले जनताको पार्टी भएकोले केपी शर्मा अोली नेतृत्वको सरकारका पाली जनमुखि बजेट तथा लोकप्रिय बजेट ल्याएको देखेर देश बिदेशी शक्तिहरु को ईसारामा सरकार ढलेको बताउनु भएको छ। गैरेले एमाले अब हुने स्थानिय तथा प्रदेशको निर्बाचनमा पहिलो पार्टी बन्ने दावी गर्दै उहाले अाफुहरु संगठन निर्माणका लागि गाउँ गाउँमा लागिरहेको बताउनु भयो ।
गैरेले नेकपा ऐमालेको जिल्ला अधिबेशन सहमति सहकार्य एकताबाट हुने बताउदै जनताको माग अनुसार अाफुले नेतृत्वमा उपयुक्त पद दावी गर्ने बताउनु भयो । एमाले भित्र सबै भन्दा बढि मत जिल्लामा ल्याउने गैरे हुन । बिधार्थि राजनीति हुदै पार्टीको उपसचिब बनेका गैरे एमाले भित्रका प्रभाबशाली नेता हुन । गैरेले स्थानीय निकायको निर्वाचनको तैयारीमा अाफुहरु लागेको बताउदै जनताको चाहाना अनुसारको काम गर्न एमाले सफल भएको बताउनु भयो ।
गैरेले सबिधान कार्यान्यनका लागि सबै दलहरु एकजुट हुनुको बिकल्प नभएको बताउदै काङ्ग्रेस एमाले माअोबादी मिलेर सबिधान कार्यनयनका लागि सबैले दबाब दिनु पर्ने बताउनु भयो ।