सुर्य भुसाल
बांगी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको बांगीमा विधालयको शैक्षिक बिकासको लागि अक्षय कोष स्थापना गरिएको छ ।
बांगी – २ पाटापाटी निबासी शोभाकर भुसालले आफु तथा आफ्नी श्रीमती रेश्मा भुसाल, बुवा ठाकुर प्रसाद भुसाल, आमा रामकुमारि भुसाल तथा छोराहारु सागर भुसाल, स्वदेस भुसाल र सौरभ भुसालको पारिवारिक तर्फ बाट सुन्दर नि. मा. वी. (बांगी, गुराँसे) को आक्षय कोषको लागि आर्थिक सहयोग गर्ने घोषणा गर्नु भएको हो।
सुन्दर नि. मा. वी. (बांगी, गुराँसे) को समग्र शैक्षिक बिकासका लागि एवम बाल-बालिकालाई छात्रवृत्ति, पुस्तकालयको स्थापना र सन्चालन तथा भौतिक बिकासमा सहयोग पुर्याउन “भुतपुर्व बिधार्थी अक्षय कोष” खडा गर्न सो अार्थिक रकम हस्तान्तरण गरिएको छ।
सो कोषबाट बर्तमान तथा भबिस्यमा यस बिधालयमा अध्ययान गर्ने बाल- बालिकालाई प्रत्यक्ष रुप फाईदा पुग्ने अाशा गरिएको छ।
सो कार्यलाई सम्पन्न्न गर्न हामी सबै सक्रिय रुपमा लाग्नु आबस्यक रहेको स्थानीयको भनाइ छ।
स्थानीयले सबैलाई आफु सक्दो आर्थिक सहयोगको लागि अनुरोध गरिए अनुसार शोभाकर भुसाल तथा समग्र परिवारको तर्फबाट पाँच हजार पाँच सय पचपन्न रूपैया रकम सहयोगको घोषणा गरेकोमा बिधालयले धन्यवाद दिएको छ।