सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको स्थानिय पुनसंरचना अनुसार अब तीन नगरपालिका र तीन गाउँपालिका बन्ने भएका छन् । जस अनुसार सन्धिखर्क नगरपालिका, शितगँगा नगरपालिका, भूमिकास्थान नगरपालिका, मालारानी गाँउपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिका हुने छन् । यस्तै वार्डको समेत विभाजन गरिएको छ ।
हाल अर्घाखाँचीमा सन्धिखर्क नगरपालिका र ३५ गाविस छन् ।
तीन नगरपालिका
(१) सन्धिखर्क नगरपालिकामा साविक सन्धिखर्क बाहेक पाली गाविसको वार्ड नं. ९ बलेवाङ थपिएको छ ।
(२) ठाडा, सिद्धारा, जलुके, जुकेना, सिमलपानी, सुवर्णखाल, सीतापुर गाविसलाई शितगंगा नगरपालिका बनाइएको छ । यसको सुकादह वा रजिया वा ठाडादहमा केन्द्र रहने ।
(३) धारापानी, ढाकावाङ, नुवाकोट, खिल्जी, असुरकोट, धनचौर र ढिकुरालाई समेटेर भूमिकास्थान नगरपालिका बनाइएको छ । यसको केन्द्र प्राविधिक अध्ययनपश्चात् तय गरिने छ ।
तीन गाउँपालिका
(१) पणेना, पोखराथोक, खिदिम, मैदान, धातिवाङ्ग, पटौटी, पाली, अड्गुरी र चिदीकाको मधुलेखलाई समेटेर पाणिनी गाउँपालिका बनाइएको छ । यसको दुर्गाफाँटमा केन्द्र रहने ।
(२) हंसपुर, गोखुंगा, बागी, खन, खनदह, मरेङका केही वार्ड, अर्घातोषका केही वार्डहरूलाई मिलाएर मालारानी गाउँपालिका बनाइएको छ । यसको केन्द्र खनदह हुनेछ ।
(३) चिदीका, बल्कोट, केरुंगा, छत्रगन्ज, ठूलापोखरा, भगवती, मरेङगका केही वार्ड, अर्घातोषका केही वार्डलाई समेटेर छत्रदेव गाउँपालिका बनाइएको छ । यसको छत्रगन्जमा केन्द्र रहने ।
नक्सामा वार्डको विभाजन
जनसंख्या – अबको अर्घाखाँची नक्सा
सन्धिखर्क लगायत । फाइल तस्बिर