सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । विना अध्ययन र जनचाहाना विपरित जिल्लालाई ३ नगर र ३ गाउँपालिकामा विभाजन गरी अर्घाखाँचीको पुर्नसंरचनाको खाका स्थानिय तह पुर्नसंरचना आयोगमा पेश गरिएको भन्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले असन्तुष्टी जनाएको छ ।
जिल्लाको र्पुसंरचनाको बारेमा पार्टीको धारणा सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सोमबार विहान सन्धिखर्कमा गेरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता सागर के.सीले जनताको सुविधा भन्दा पनि चुनावी भोटको जोड घटाउमा लागेर केहि सिमित दलहरुले गरेको सिमाङ्कनमा दुर दृष्ट्रि नभएकाले राष्ट्रिय जनमोर्चाले असहमति जनाएको बताउनु भएको छ ।
नेता के.सीले दलगत स्वार्थमा लागेर जिल्लामा गृह युद्ध निम्ताउने गरी ल्याईएको खाका जनताको भावना अनुसार नसच्चाईए राष्ट्रिय जनमोर्चाले कडा आन्दोलन गर्ने चेतावनी दिनु भएको छ । साथै उहाँले सरकारले राज्य पुर्नसंरचना गर्दा जिल्ला खारेज गर्ने अवधारणा गलत भएको भन्दै जिल्ला खारेज नर्गन सरकारको ध्यानकार्षण समेत गराउनु भएको छ ।
कार्यक्रम पशुपति ढकालको अध्यक्षता र गोपाल पौडेलको संचालनमा संपन्न भएको हो ।