बसन्त श्रेष्ठ ‘छापेली’
सन्धिखर्क, अर्घाखाँची कार्तिक २८ गते । नेपाल निजामति कर्मचारी संगठनको अध्यक्षमा चिरन्जीबि अधिकारी निार्वचित हुुनुभएको छ ।
शनिवार राति अवेर सम्म चलेको अधिवेशनले अधिकारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा खुबीराम खनाल, महिला उपाध्यक्षमा अनिता भुसाल, सचिवमा दिलिप केसी, सहसचिवमा मदन बेल्बासे, कोषाध्यक्ष यम प्रसाद श्रेष्ठ, सर्वसम्मत रुपमा निर्वाचित भएको नेपाल निजामति कर्मचारी संगठनका नवनिर्वाचित अध्यक्ष चिरञ्जीबि अधिकारीले जानकारी दिनुभयो । संगठनको सदहस्यहरुमा शालिकराम शार्की, देबेन्द्र बहादुर कुमाल, महमद अलाम आलम, धर्म अधिकारी, नरेश पोख्रेल, तुल्सीराम पोख्रेल, बालाराम रायमाझी, हेमनाथ मरासिनी, रेश्मीराज ज्ञवाली, देबि पन्थी लगायतका रहनुभएको छ ।
अधिवेशनले केन्द्रिय प्रतिधिनीमा कबिसिंह कठायत, महिला केन्द्रिय प्रतिनिधीमा भावना भुसाल र नारायण प्रसाद बञ्जाडेलाई निर्वाचित गरिएको छ । अधिवेशनको नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय सदस्य तथा लुम्बिनी अञ्चल इन्चार्ज दधिराम मरासिनीले गर्नुभएको थियो । अधिवेशनको उद्घाटन गदै प्रमुख अथिति समेत रहनुभएका मरासिनीले कर्मचारीहरु सेवाग्रहीको मन जितेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । आधिकारीक ट्रेड युनियनको निर्वाचनमा निजामति कर्मचारी सरुंगठन देशभर पहिलो स्थानमा रहेको भन्दै अब राज्यले कर्मचारी सरुवामा कर्मचारीलाई जबरजस्तै नभई बिकल्प सहितको पदस्थापन गर्नुपर्नेमा जोड दिनुुभयो । यस्तै निजामति कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष तथा केन्द्रिय प्रतिनिधी रामप्रसाद पन्थीले संगठन सम्पूर्ण कर्मचारीको साझा संस्था भएको भन्दै जनताको सेवालाई पहिलो प्राथमिकता दिनुुपर्ने बताउनुभयो । पन्थीले स्थानीय निकायको निर्वाचन नहुँदा कर्मचारीमा भार थपिएको भन्दै दलहरुलाई त्यसतर्फ ध्यान दिन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज नजिर मियाले कर्मचारी तन्त्र देशको स्थायी सरकार भएको भन्दै मुलुकलाई कुन गति र दिशामा लैजाने भन्ने हात कर्मचारी तन्त्रमा हुने बताउनुभयो । मियाले कर्मचारीलाई उच्च मनोवलका साथ लाग्न आग्रह गर्दै राजनीतिक परिवर्तनमा कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको स्मरण गराउनुभयो ।
नेकपा एमाले पाँच नम्बर प्रदेश कमिटि सदस्य रामजी प्रसाद घिमिरेले सम्मेलनको शुभकामना दिदै कर्मचारीहरुमा राज्यको गति निर्धारण गर्ने महत्वपूर्ण भूमिका रहने बताउनुभयो । त्यस्तै उहाँले भारतिय गर्वाधानमा बनेको प्रचण्ड नेतृत्वको सरकारको कारण आगामी दिनमा मुलुकमा अन्योलता श्रृर्जना हुने तर्क गर्नुभयो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि उपसचिव प्रेम नारायण गैरे, निर्माण व्यवसायी समिति अर्घाखाँचीका सचिव मणि पौडेल, नेपाल राष्टिय कर्मचारी संगठनका राजेन्द्र राना, नेपाल निजामति कर्मचारी युनियन संघका सचिव शेषकान्त घिमिरे, आधिकारीक टेड युनियन अर्घाखाँचीका उपाध्यक्ष खिमप्रसाद आचार्य, पेशागत महासंघका अध्यक्ष तिलक मिश्र, स्वास्थ्य प्राबिधिक संघका जिल्ला अध्यक्ष रामप्रसाद घिमिरे, राष्टिय स्वास्थ्यकर्मी संघका शीवप्रसाद जिसी, प्रेश चौतारीका जिल्ला अध्यक्ष हिमबहादुर जिसी लेकाली, देउराली यातायात व्यवसायी समितिका अध्यक्ष योगेन्द्र बहादुर खड्का लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रम संघका कार्यबाहक अध्यक्ष कबिसिंह कठायतको अध्यक्षता, चिरञ्जीबि अधिकारीको स्वागत मन्तब्य र दिलिप केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।