राष्ट्रपतिमा निर्वाचिन भएपछिको पहिलो अन्र्तवार्तामा डोनाल्ड ट्रम्पले ३० लाख आप्रवासीलाई डिपोटेसन गरिने बताएका छन्। सिविएस समाचारसँस्थाले गरेको पहिलो अन्र्तवार्तामा नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो बताएका हुन।
अपराधिक पृष्टभुमि भएका करिव २० देखि ३० लाख आप्रवासीहरुलाई अमेरिकावाट निकानिने छ।’ उनले अगाडी बताएका छन् लागु औषध कारोवारी, आतंककारी पृष्टभुमि भएका, अपराधिक समुहमा संलग्न सदस्य तथा मानव ओसार पसारमा संलग्नलाई निकालिने छ।
अमेरिकाभरीमा १ करोड १० लाख अबैधानिक आप्रवासी रहेको बताइएको छ। बढी सख्या मेक्सिकोबाट आएकाहरुको छ।
अन्र्तवार्तामा ट्रम्पले बताएअनुसार अपराधिक पृष्टभुमिभएका आप्रवासीहरुको सख्या २० लाख देखि ३० लाख सम्म रहेको छ। ड्रग डिलर्समा संलग्न, अपराध गरेर अमेरिकाभित्र रहेका अबैधानिकहरुलाई निकालिने छ।
– एजेन्सी