सुर्य भुसाल
डिभर्ना, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको डिभर्नामा देउसीभैली खेलेर जम्मा गरेको रकम सामाजीक कार्यमा लगाएर युवाहरुले नमुनाकाम गरेको नेकपा एमालेका जिल्ला सचिब राम बहादुर चौहानले बताए ।
प्रतिभाशालि सामाजीक संस्था डिर्भना – १४ को देउसीभैलो समापन तथा सहयोगदाता सम्मान कार्यक्रम बोल्दै प्रमुख अतिथी समेत रहेका चौहानले आफनो गाँउ आफै बनाउने कामको सुरुवात गर्ने कार्यकलबले गरेको भन्दै नमुना कामको सबैले अनुशरण गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा कलबका अध्यक्ष लक्ष्मण आचार्यले जम्मा भएको एक लाख पँचासहजार रुपैयाबाट ६० प्रतिशत रकम सामाजीक कार्यमा लगाउने प्रतिबद्धता जाहेर गर्दै रकम सहयोग गर्नुहुने सबै प्रति धन्यवाद ज्ञापन समेत गरेका थिए ।
कार्यक्रममा बिशेष अतिथी सञ्चारकर्मी नबिन के.सीले संस्था स्थापनाकाल देखी नै नमुना कामको सुरुवात गरेको भन्दै सफलताको शुभकामना दिएका थिए ।