सुर्य भुसाल
खन, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खन लुटिपोखरीमा निशुल्क स्वास्थ्य शिबिर संचालन भएको छ ।
खन काठमाडौं सेवा समाजद्वारा खन लुटिपोखरी स्थित श्री कालिका ने.रा माबिको प्रांगणमा आयोजना भएको बृहत स्वास्थ्य शिबिरमा आफ्नो स्वास्थ्य जाँच गर्नेको अत्यधिक भिड छ ।
शिबिरको पुर्ब उपप्रधानमन्त्री तथा माओबादी केन्द्रका नेता टोप बहादुर रायमाझीले उदघाट्न गरेका थिए । सो अबसरमा नेपाली काँग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान, नेकपा( एमाले ) जिल्ला कमिटी सदस्य बालकृष्ण आचार्य, समाजका अध्यक्ष खिम प्रसाद घिमिरे उपाध्यक्ष काशिनाथ आचार्य, सचिब हुम प्रसाद खनाल, कोषाध्यक्ष शिला पोखरेल लगायतको उपस्थिती रहेको थियो ।
शिबिरमा बाँगी, खनदह, डिभर्ना, अर्घातोस र खन गाबिसबाट आएका स्थानियहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।
स्वास्थ्य जाँच गर्न आउनुभएका ९० वर्षिय बलाराम खनालले पहिले पहिले डाक्टर कहाँ बिरामी जाने गर्दथे, अहिले त्यति टाढा काठमाडौंबाट हाम्रै घर आँगनमा आई डाक्टरले हामीलाई जाँचेर सेवा पुर्याउनु भयो, यसको निम्ति हाम्रा भाइछोरा तथा डाक्टरलाई धन्यवाद दिन्छु, उनले भने ।
शिबिरबाट झन्डै १ हजार जनाले सेवा लिएका छन ।
हामीले केबल सामाजिक दायित्व निभाएका हौं यस पुन्य काममा सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छौं समाजका अध्यक्ष खिम प्रसाद घिमिरेले बताए ।
स्वास्थ्य शिबिरमा डा.निजाराज भण्डारी, डा. रक्षा थापा, डा.राजेश पौडेल, डा.कमल किशोर यादब, स्टापनर्श रोशनी पौडेल, सृजना कार्की लगायतको स्वास्थ्य टिमले सेवा उपलब्ध गराएको छ ।
तस्बिर: सहयोगी बिसीबाट