भारतको कानपुरमा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १०० माथि

 भारतको कानपुरमा आइतबार बिहानै भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १०० माथि पुगेको छ ।
पटना-इन्दौर एक्सप्रेसको १४ वटा डिब्बा लिकबाट उत्रिएको हो । दुर्घटनामा परी अन्य एक सय ५० भन्दा बढी यात्री घाइते भएका छन् ।
इन्दौरबाट पटना जाँदै गरेको रेल बिहानै स्थानीय समयअनुसार तीन बजेर १० मिनेट जाँदा कानपुर नजिकै दुर्घटना भएको हो । लिकबाट रेलको डिब्बा उछिट्टिएर दुर्घटना भएको हो । रेलको १४ वटा डिब्बा लिकबाट बाहिर निस्किएको बताइएको छ । दुर्घटनाको मुख्य कारण भने अझै थाहा हुन सकेको छैन । एजेन्सी