त्रिबेणी बचत सन्धिखर्कको वार्षिक उत्सवको अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, गौरी शंकर प्रथम

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ चुत्राबेसीको पाँचौं बार्षिक उत्सबको अबसरमा माध्यमिक बिद्यालय स्तरिय हाजीरी जबाफ प्रतियोगिता आज सन्धिखर्क स्थीत अर्घाखाँची आबासीय मा.बि बेलबाटीकाको प्राङ्गणमा सम्पन्न भएको छ । 
सन्धिखर्क नगर स्थीत १६ वटा बिद्यालयहरुको सहभागीता रहेको प्रतियोगितामा गौरीशंकर ईङ्गलिस बोर्डिङ स्कुल प्रथम, सनराईज ईङ्गलिस बोर्डिङ स्कुल डिर्भना द्वितीय, अर्घाखाँची आबासीय मा.बि बेलबाटीका तृतिय , युबाबर्ष जनता रबिचित्र मा.बि र ज्ञानप्रकास मा.बि डिर्भनाले शान्तोना स्थान प्रात्त गरेका थिए । बिजेता सबै टिमलाई नगद तथा प्रमाण पत्र प्रदान गरी सम्मान गरीएको थियो ।
कार्यक्रमा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्रीले सबै क्षेत्रबाट शैक्षिक कृयाकलापलाई अगाडी सारेमा शिक्षामा आमूल परीबर्तन हुने भन्दै सहकारीको माध्यमबाट शिक्षामा समेत उपलब्धीमूलक काम गरेको भन्दै सहकारीको प्रशंसा समेत गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बालकृष्ण आचार्य, जिल्ला शिक्षा कार्यालयका स्रोत ब्यक्ति हरीप्रसाद भुसाल,चेतनारायण बेल्बासे, लालमणि पौडेल, अर्घाखाँची आबासीय मा.बि का प्रिन्सीपल श्रीकृष्ण भुसाल, जिल्ला बचत तथा ऋण समितिका सचिब दोर्णप्रसाद भुसाल लगाएतले सहकारीको माध्यमबाट समय समयमा संस्थाले रचनात्मक काम गरेको भन्दै प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष चन्द्रप्रसाद बन्जाडेको अध्यक्षता उत्तममणी मिश्रको स्वागत मन्तब्य र सचिब तुल्सीराम  खनालको सन्चालनमा सम्पन्न भएको थियो । हाजीरी जबाफ प्रतियोगिताको संयोजन तथा ब्यबस्थापन संस्थाका शिक्षा उपसमितिका संयोजक कमलप्रसाद घिमिरेले गर्नु भएको  पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।





श्री त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लि. सन्धिखर्क अर्घाखाँचीको ५औ वार्षिक उत्सवको अवसरमा आज माध्यमिक स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । 
पञ्च पानसमा बत्ती वालेर जिल्ला शिक्षा अधिकारी लिला बहादुर राउतले कार्यक्रमको उद्घाटन गर्दै अर्घाखाँची जिल्लाको शैक्षिक विकासलाई थप गुणस्तरीय, प्रभावकारी र व्यवस्थीत बनाउनको लागि आफुले कुनै कसुर वाँकी नराख्ने भन्दै विद्यार्थीहरुको सर्वागिण बिकासको लागि पठनपाठनको साथसाथै विभिन्न किसिमका खेलकुद, मनोरञ्जन साथै हाजिरीजवाफ संगै विभिन्न प्रतियोगिताहरुको उल्लेखनिय महत्व भएको चर्चा गर्दै माध्यमिक स्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरी शिक्षा क्षेत्रमा देखाएको उदारता प्रति त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको खुलेर प्रशंसा गर्नु भएको थियो । 
कार्यक्रममा जिल्ला सहकारी संघ अर्घाखाँचीका अध्यक्ष वालकृष्ण आचार्य, जिल्ला बचत बता ऋण सहकारी संघका सचिव द्रोण प्रसाद भुसाल, सन्धिखर्क श्रोत केन्द्रका नमबहादुर सिहं रानाभाट, नुवाकोट श्रोत केन्द्रका हरि प्रसाद भुसाल, वाङ्गला डिर्भना श्रोत केन्द्रका युवराव भुसाल, धारापानी श्रोत केन्द्रका लालमणि पौडेल, अड्गुरी श्रोत केन्द्रका चेतनारायण बेल्बासे, अर्घाखाँची शिक्षा क्याम्पसका प्रमुख श्रीकृष्ण भुसाल, पत्रकार विनोद गैरे, सुपादेउराली टेलिभिजनका दामोदर के.सी. लगायत संस्थाका विभिन्न उपसमिति, समिति तथा सदस्यहरुको उल्लेख्खीय उपस्थिती रहेको थियो ।
उद्घाटन सत्र पश्चात सुरु भएको हाजीरी जवाफ प्रतियोगितामा जनज्योती उच्च माध्यमिक विद्यालय सन्धिखर्क-भगवति उच्च माध्यमिक विद्यालय-सन्धिखर्क, अर्घाखाँची आवसिय माध्यमिक विद्यालय-सन्धिखर्क, सन्धिखर्क ग्रिन इङ्गलिस वोर्डिङ्ग स्कुल-सन्धिखर्क, गौरी शंकर इङ्गलिस वोर्डिङ्ग स्कुल-सन्धिखर्क, मदर ल्याण्ड इङ्गलिस वोर्डिङ्ग स्कुल-सन्धिखर्क, जनता कृष्ण उ.मा.वि-पकले, युवा वर्ष जनता रविचित्रा उ.मा.वि.-सन्धिखर्क, अर्घा रजस्थल मा.वि.-अर्घा, आदर्श मा.वि.-खाँचीकोट, चन्द्र प्रभा मा.वि. खाँचीकोट, जिवनोद्धार मा.वि. वाङ्गला, विजय मा.वि. डिर्भना, ज्ञान प्रकास मा.वि. सल्लीकोट, सन साईज इङ्गलिस वोर्डिङ्ग स्कुल-डिर्भना, न्यू नेपाल इङ्गलिस वोर्डिङ्ग स्कुल-डिर्भना गरी १६ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको थियो । 
सहभागी १६ विद्यालय मध्यवाट गौरी शंकर इङ्गलिस वोर्डिङ्ग स्कुल-सन्धिखर्क प्रथम साईज इङ्गलिस वोर्डिङ्ग स्कुल-डिर्भना द्वितीय अर्घाखाँची आवसिय माध्यमिक विद्यालय-सन्धिखक तृतीय, युवा वर्ष जनता रविचित्रा उ.मा.वि.-सन्धिखर्क र ज्ञान प्रकास मा.वि. सल्लीकोटले सान्त्वना स्थान हासिल गरेको थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समुहलाई क्रमस. ३०००, २४००, १८०० र ६००/६०० नगद साथै प्रमाण पत्रले सम्मान गरिएको थियो । 
कार्यक्रम त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष चन्द्र बन्जाडेको अध्यक्षता, कोषाध्यक्ष उत्तममणि मिश्रको स्वागत साथै सचिव तुल्सीराम खनालको संचालनका सम्पन्न भएको थियो ।
 

अन्य समाचारहरु