चितुवाको आक्रमण कम गर्न नुवाकोट र ढिकुराका गाउँलेले पुजा पाठ गर्न थाले

अर्घाखाँची जिल्लाको नुवाकोट । 

सुर्य भुसाल
ढिकुरा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । चितुवाको आक्रमण कम गर्न नुवाकोट र ढिकुराका गाउँलेले पुजा पाठ गरेका छन् । 
बिगत २ बर्ष देखि अर्घाखाँची जिल्लाको सन्धिखर्क, किमडाँडा, नुवाकोट, ढिकुरा लगायतका स्थानहरूमा चितुवाको आक्रमणबाट झन्डै १ दर्जन बालबालिकालाई आक्रमण गरि केहिको ज्यान गएको छ । चितुवाले केही गम्भीर घाइते अनि बाख्रा पाठापाठी, पाडापाडी खाई आतंक मच्चाएको छ । सो चितुवाको आतंक अझै कायम भएको परिस्थितिमा सो आतंक रोक्न कतै कमि हुन्छ कि भनी नुवाकोट ४ च्युरामाटीको लाम्चेढुँगामा  सिद्द र बनदेबिको पुजा गरिएको हो । 
 प्रशासनले रोक्न सक्यो न हामी गाउँलेले कतै देबि देवता रिसाएर हो कि भनेर यो उपाय खोजेका हौ स्थानीय नन्दलाल गैरे जिसीले बताउनु भयो ।
सिद्द्को लागि दूध धार दिदैछौ, बन देबिलाई एउटा पाठो चढाउदैछौ; उनको भनाई छ । सो पुजामा नुवाकोट ४, ढिकुरा ३ लगायत चितुवा प्रभाबित क्षेत्रका प्रत्येक एक घर एक जना पुजामा सहभागी भएका थिए । आजदिन भर पुजा भएको हो । 
जब मानिस अफ्ट्यारोमा पर्दछ तब यी र यस्ता उपायहरु पनि अबलम्बन गर्ने गर्दछ, आशा गरौं यो उपायबाट चितुवा आक्रमण रोकिने छ पुजा आयोजक भने । 

अन्य समाचारहरु