कर दिवसको अवसरमा अर्घाखाँचीमा करदाता शिक्षा सम्बन्धि गोष्ठी तथा अन्र्तक्रिया सम्पन्न

गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची मंसिर ७  । पाँचौ कर दिवसको अवसरमा अर्घाखाँची उद्योग वाणिज्य संघले हिजो करदाता शिक्षा सम्बन्धि एक दिने गोष्ठी तथा अन्र्तक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न गरेको छ ।
राज्यलाई कर बुझाउने सम्पूर्ण करदाताहरुलाई सहजता होस भन्ने हेतुले प्रतिनिधि मुलक सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रमको सहजिकरण प्रमुख कर अधिकृत सरोज चन्द्र पौडेल र कर अधिकृत तुल्सीराम फुल्देलले गर्नुभएको थियो ।
बिभिन्न बिधाका ब्याबसायबाट ५० जना करदाताको सहभागिता रहेको कार्यक्रम अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता र महासचिव नेत्र प्रसाद भुसालको संचालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु