वीरेन्द्र केसी
पोखरा । सरकारले प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई तराइसँग छुटाउने गरी संविधान संशोधानको प्रस्ताव विधयक संसदमा लैजाने तयारी गरेको भन्दै विरोध बढदै गएको छ । दलका नेता, नागरिक समाजका प्रतिनिधिले प्रदेश टुक्राए आन्दोलन गर्ने चेतावनी दिएका छन् । ५ नम्बर प्रदेशका बुटवल, अर्घाखाँची, रोप्पा लगायत अधिकांश जिल्लामा विरोध -याली र प्रदशन भइरहेका छन् । अर्घाखाँची, पाल्पा र गुल्मीलाई ४ नम्बर र प्युठान, रोल्पा ६ नम्बर प्रदेशमा गाभ्ने सरकारले तयारी गरेको चर्चाले जताजतै विरोध भएको छ ।
विभिन्न संघसंस्थाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई प्रदेश नटुक्राउन ज्ञापनपत्र दिएका छन् । नागरिकले गरेको विरोधमा दलका शीर्ष नेता सहभागी छन् । पाँच नम्बर प्रदेशलाई टुक्राउन नहुनेमा एमाले नेता विष्णु पौडेल, प्रदिप ज्ञवाली र सत्तारुढ दल कांग्रेसका चन्द्र भण्डारी र माओवादी केन्द्रका टोपबहादुर रायमाझी सहित अन्य नेता पनि छन् । नागरिक समाज र पाटीका भातृ संगठनले गरेको -यालीमा कुनै विरोध नभएको प्रदेशलाई टुक्राउन खोज आन्दोलन गर्ने चेतावनी दिएका छन् । केही दिन अघि बुटवलमा भएको एमाले पाँच नम्बर प्रदेशको अगुवा कार्यकर्ता भेलामा पाटी अध्यक्ष केपी ओली सहित सबैजसो नेताले तराइ र पहाड अलग गरिए मान्य नहुने बताएका थिए । एमाले भातृ संगठन अनेरास्ववियु लगायत नागरिक समाजले सडकमै विरोध प्रदशन गरेका छन् । गुल्मी र पाल्पामा पनि विरोध भएको छ । सातादेखि अर्घाखाँचीका विभिन्न कार्यक्रममा माओवादी नेता रायमाझीले विभाजन गर्न खोजिए शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले शुरु देखि नै विरोध गर्दै आएका छन् । बुधवार अर्घाखाँची पुगेको एमाले सचिव गोकर्ण विष्टले प्रेस चौतारीको भेटघाटमा पाँच नम्बर प्रदेशबाट तीन जिल्ला अलग बनाउन लाग्नु शान्तिपूर्ण ठाउँमा सरकारले द्धन्द्ध ल्याउन खोजेको भन्दै विरोध गरे । उनले कुनैपनि हालतमा स्वीकार्य हुन नसक्ने भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिए ।
अर्घाखाँचीमा उद्योग वाणिज्य संघले गरेको छलफलमा कांग्रेस, एमाले माओवादी लगायत सबै दलका जिल्ला स्तरीय नेताले नटुक्राउन सरकारसँग माग गरेका छन् । ‘तराइ र पहाडको सदियौ देखी सुमधुर सम्बन्ध रहदै आएको छ,’ अर्घाखाँची कांग्रेस जिल्ला सभापति विष्णु मुस्कानले भने, ‘पहाडी जिल्लालाई अलग गरेर ४ नम्बरमा लैजानु सान्द्रभिक छैन । यसबारेमा पाटी केन्द्रका नेतासँग निरन्तर संवाद भएको छ । आशा छ टुक्राउने छैनन् ।’ पुरानै संरचना भत्काएमा सिंगो जिल्ला पाटी आन्दोलनमा जाने उनले बताए । पहाड र तराइ नंग र मासुको सम्बन्ध भएकाले विभाजन गर्नेतर्फ सहमत हुन नसक्ने एमाले अध्यक्ष चेतनारायण आचार्यले बताए । पहाड र तराइ मिलेको प्रदेशलाई बिथोल्न खोजेर द्धन्द्ध निम्त्याउन नहुने भन्दै राजनीतिक दलका नेता सहित अर्घाखाँची उद्योग वाणिज्य संघ, पत्रकार महासंघ लगायत दर्जनौ संघसस्थाले बुधवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
‘सरकारले विभाजन गरे लुम्बिनी अञ्चलका सबै पाटीका शीर्ष नेता एक ठाउँमा उभिएर आन्दोलन गर्नुपर्छ,’ उनले भने, ‘जनताको विरोधमा सरकार जानु हुदैन् ।’ पाँच नम्बर प्रदेशमा शुरु देखि नै कुनै विवाद छैन,’ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले भने, ‘शान्त रहेको प्रदेशलाई विभाजन गरिए द्धन्द्ध निम्तिन्छ । हामी आन्दोलन गछौ ।’ पहाडी जिल्लालाई ४ नम्बर प्रदेशमा मिसाउनु बेठीक भएको उनले बताए । रोल्पा र प्युठानमा पनि पाँच नम्बर प्रदेशबाट छुटाउन नहुने भन्दै विरोध भएको छ ।