प्रथम राष्ट्रिय उद्योग दिवसको अबसरमा सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची मंसिर९    ।    उद्योग क्षेत्रमा लगानी नगरीए देशमा कुनैपनी  बिकास हुन नसक्ने भन्दै यस क्षेत्रमा सरकारलाई प्रत्यक्ष रुपमा लगानी गर्न एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । 
”औधोगिक क्षेत्रमा लगानी सम्बृद्घिको सुनौलो बिहानी” भन्ने मुल नाराका साथ प्रथम राष्ट्रिय उद्योग दिवसको अबसरमा सन्धिखर्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा  बोल्ने बक्ताहरुले  यस्तो भनाई राखेका हुन । 
घरेलु तथा साना उद्योग बिकास समिति अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै स्थानीय बिकास अधिकारी प्रदिप पौडेलले उद्योग क्षेत्रमा लगानी नगरीए देशमा कुनैपनी  बिकास हुन नसक्ने भन्दै यस क्षेत्रमा सरकारले प्रत्यक्ष रुपमा लगानी गर्नु पर्ने बताउनु भएको थियो । उद्योग ब्यबसायहरु सन्चालन गर्नको लागी सरकार,सहकारी र निजी क्षेत्र बाट सहयोग र सर्मथन भएमा  जस्तो सुकै चुनौतिहरुलाई पनि समधान गर्न सकिने भन्दै पौडेलले औद्योगिक क्षेत्रका चुनौतिहरुलाई राष्ट्रिय स्तरबाटैै समधान गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दे उद्योग बाणीज्य संघ अर्घाखाँचीका सचिव नेत्रप्रसाद भुसालले जिल्लामा सन्चालीत उद्योग हरुको बिबरण पेस गर्दे यिनिहरुलाई अझै प्रभाबकारी रुपमा सन्चालन गर्नको लागी सबै क्षेत्रको सहयोग अपरीहार्य रहेको कुरा ब्यक्त गर्नु भएको थियो ।
यसै गरी उद्योगी ब्यबसायी रामहरी भुसालले सबै सञ्चारमाध्यमको सकरात्मक सहयोग भएमा उद्योग ब्यबसायलाई फस्टाउन सकिने भन्दै ब्यबसायीहरुलाई सहयोग गर्न आग्रह समेत गर्नु भएको थियो ।
कार्यक्रम घरेलु तथा साना उद्योग बिकास समिति अर्घाखाँचीका बरीष्ठ उद्योग बिकास अधिकृत नबराज गौतमको अध्यक्षता बालकृष्ण खनालको स्वागत मन्तब्य र कार्यालयका लेखापाल बिश्वराज ज्ञेवालीको सन्चालनमा सम्पन्न भएको थियो ।
 यसअघि उद्योगी ,ब्यबसायी ,कर्मचारी,सन्चारकर्मि,सुरक्षाकर्मी लगाएतको संयुक्त टोलिले सन्धिखर्क स्थीत शान्तीबगैचा बाट प्रभातफेरी निकाली बजार समेत परीक्रमा  गरेको थिए ।

अन्य समाचारहरु