तस्बिर: सहयोगी बिसीबाट
सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको प्रहरी टोलीले २ वर्षिय बालिकालाई कुटपिट गरेको आरोपमा पक्राउ गरेको छ ।
दार्चुला जिल्ला उँकु गाबिस-९ पासदेउका २७ वर्षिय जगदिशसिंह धामी क्षेत्रीले आफ्नी २ वर्षिय बालिकालाई यातना दिई कुटपिट गरेको आरोपमा बिहीबार राती प्रकाउ गरि हिरासतमा राखेको हो ।
पहिलो श्रीमती तर्फको ति बालिकालाई सौतेनी आमा र बुबाले समयमा खाना खान नदिने, कुटपिट गर्दै आइरहेको थिए ।
धामीले पहिलो श्री मति छँदाछदै सन्धिखर्क – १ संखेटारीकी समुन्द्र बिकलाई दोस्रो बिबाह गरेका थिए । पहिलो श्रीमतिले २ महिनाको बच्चालाई समेत छाडेर अर्कोसँग गएपछि बच्चा निजहरुको साथमा बस्दै आएका थिए ।
उनकी कान्छी श्रीमती तर्फ पनि ८ ,९ महिनाको बालिका रहेको छ । प्रक्राउ पछि प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।