इरानको उत्तरी क्षेत्रमा दुई वटा रेल आपसमा जुध्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ ।
रोकिराखेको रेललाई गुडिरहेको रेलले ठक्कर दिंदा रेलका चार डिब्बा लिगबाट उछिट्टिएको थियो । दुई वटा डिम्बामा आगो लागेको थियो ।
घटनामा ७० भन्दा बढी घाईते भएका छन् । राजधानी तेहेरानबाट २ सय ५० किलोमिटरको पूर्वमा भएको घटनामा चार जना रेलवे सेवाका कर्मचारीमा पनि मारिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले बताइएको छन् ।(एजेन्सी)