डोनाल्ड ट्रम्पद्वारा हालै निधन भएका क्यूवाली कम्युनिस्ट नेता फिडेल कास्ट्रोलाई बर्बर तानाशाहको संज्ञा

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै निधन भएका क्यूवाली कम्युनिस्ट नेता फिडेल कास्ट्रोलाई बर्बर तानाशाहको संज्ञा दिएका छन् ।
एक बर्बर तानाशाहको निधन भएको भन्दै उनले अब क्यूवा स्वतन्त्र भविष्यतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने कास्ट्रोले विश्व राजनीतिमा पारेको असरबारे इतिहासले फैसला गर्ने प्रतिक्रिया दिएका छन् ।
सबैभन्दा लामो शासन गर्ने मध्येका एक फिडेल कास्ट्रोको निधन शुक्रबार भएको थियो । वर्षौसम्म विश्व महाशक्ति अमेरिकालाई चुनौति दिँदै शासन चलाएका कास्ट्रोको हत्याका लागि अनेकपटक प्रयास गरिएको बताइन्छ ।
आफ्नो प्रिय नेताको ९० वर्षको उमेरमा निधन भएको खबर सुनेर क्युवाली जनता भने शोकाकुल बनेका छन् । (एजेन्सी)