नरपानीमा योजना छनोट बैठकमा ९२ लाख भ्रष्टचार गरेको आरोप लगाउदै सन्धिखर्क नगरपालिकाका कर्मचारी माथी दुर्व्यवहार

नरपानी । फाइल तस्बिर   

सुर्य भुसाल 
नरपानी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम)। सन्धिखर्क नगरपालिका वार्ड नं. ६ र ७ का लागि नरपानीमा  आयोजित आगामी वर्ष ०७४-०७५ को योजना छनोट वैठकलाई स्थानीय केहि व्यक्तिले अबरोध गरेका छन् ।
उनीहरुको अबरोधका कारण वैठक स्थगित भएको छ । स्थानीय शेरबहादुर बिसी र पृतम केसीले  सन्धिखर्क नगरपालिकाका कर्मचारी र केहि राजनीतिक दलका नेताहरु मिलेर ९२ लाख रुपैयाँ भ्रष्टचार गरेको आरोप लगाएपछि वैठकमा सहभागी केहि व्यक्तिले नारावाजी गरेपछि वैठक अवरुद्ध भएको हो । स्थानीय केहि ब्यक्तिले  कर्मचारीहरुलाई कालोमोसो धस्ने तथा कुटपिट गर्ने धम्की दिएपछि बैठक अबरुद्ध भएको हो । 
 सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृति रामजी जोशीले मन्तव्य राखेपछि स्थानीयले कार्यालय माथी सो आरोप लगाएका थिए । कार्यकारी अधिकृत जोशीले निराधार आरोप पुष्टि गरेर देखाउन चुनौति दिएका छन् । 
 
सन्धिखर्क नगरपालिकाका सूचना अधिकारी नारायण पोख्रेलले गत आर्थिक वर्षमा  अनुदान स्वरुप ९२ लाख रुपैयाँ छुट्टिएको भएपनि अझै उक्त रकम कार्यालयमा आइनसकेको बताए । उनले राजनीतिक दलकै रोहबरमा सो रकम खर्च गरिने जानकारी दिए । ‘झुट्टा आरोप लगाएर कार्यालयलाई बदनामी त गर्न खोज्नु राम्रो काम होइन’ उनले भने, ‘प्रमाण बिना आरोप लगाएर योजना छनोट नै गर्न नदिनु सरासर गलत हो ।’ 
घटनाको विषयलाई  लिएर सन्धिखर्क नगरपालिका कार्यालयले  निन्दा गरेको पोख्रेलले बताए ।

नरपानी । फाइल तस्बिर   

अन्य समाचारहरु