न्यायाधीश पुगेपछि ढाकाबाङ पिपलनेटाका स्थानिय हर्सित

सुर्य प्रसाद भुसाल
पिपलनेटा धाकावाङ ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पश्चिमी वेल्टको ढाकाबाङ गाबिसको पिपलनेटा भन्ने स्थानमा सधैं अन्य कार्यलयका प्रमुख तथा राजनीति दलका नेता गैरसरकारी सस्थाका प्रतिनिधि जाने र कार्यक्रम गर्ने गर्दथे तर अाज अर्घाखाँची जिल्ला अदालतका जिल्ला न्यायाधीश केशब प्रसाद बास्तोला प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल प्रहरी नायब उपरीक्षक नबरत्न पौडेल सहितका सरकारी कर्मचारी त्यहाँ पुग्दा स्थानिय बासिन्दा निकै हर्षित र अचम्मित देखिए ।
अर्घाखाँची जिल्ला अदालतले अायोजना गरेको जहाँ जनता त्यहाँ न्यायाधीश तथा न्यायिक संवाद कार्यक्रममा सहभागी हुन जिल्ला न्यायाधीश केशव प्रसाद बास्तोला पिपलनेटा पुग्नु भएको थियोे ।
कार्यक्रममा मन्तब्य राख्दै जिल्ला न्यायाधीश केशब प्रसाद बास्तोलाले जनमुखि न्याय छिटो छरितो निश्पक्षय न्यायका लागि जनताले स्पस्ट बुझ्ने न्यायका लागि अाफुहरु जनताको माझमा अाएको बताउनु भयो । उहाले जिल्ला अदालतले गर्ने निशुल्क शेवा निशुल्क कानुन ब्यबसायी अदालतले राखेको तथा अन्य ४० अौ परकारका सेवाहरु अदालतले निशुल्क गर्ने भएपनि प्रचारप्रसारको अभाबले जनताले थाहा नपाएको बताउनु भयो । उहाले अदालत अाउदा सिधै न्यायाधीश सित भेटगर्ने बानीको बिकास भएको बताउदै अदालतका कर्मचारी गाउँमा अाउदा तर्सिने कार्यको अाफुले अन्तय गरेको बताउदै जनमुखि सेबा नै अाफ्नो पहिलो दायित्व भएको बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जिल्ला प्रशासनले हेर्ने सार्बजनिक महत्त्वका मुद्दाहरुका बारेमा जानकारी गराउदै जनताको काम सेबा प्रभावलाई प्रभाबकारी बनाउन कर्मचारीहरुलाई निर्देशन दिएको बताउनु भयो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलले जनताको सुरक्षा गर्न नेपाल प्रहरी पूर्ण रुपमा सफल रहेको बताउदै कहाँ कतै अपराधीक गतिबिबिधि भएको थाहा पाए प्रहरीलाई खबर गर्न अाग्रह गर्नु भयो ।
कार्यक्रम जिल्ला अदालतका श्रेतेदार मोहन बेल्बासेको सन्चालन सुचना अधिकारी टेकराज गैरेको मन्तब्य जिल्ला न्यायाधीश केशब प्रसाद बास्तोलाको अध्यक्ष ता प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । 

अन्य समाचारहरु