प्रदेश ५ बाट पहाडी जिल्ला टुक्र्याउने प्रस्तावको विरुद्ध अर्घाखाँचीमा संयुक्त आन्दोलनको घोषणा

सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा प्रदेश ५ बाट पहाडी जिल्ला टुक्र्याउने प्रस्तावको विरुद्ध मंगलवार  जिल्लामा क्रियाशिल सम्पूर्ण राजनितिक दल संघ- संस्थामा आवद्ध युवा तथा विद्यार्थी संगठनहरुले संयुक्त बिरोध प्रदर्शन गर्ने भएका छन् । 
भोली बिहान ९ बजे सन्धिखर्कको शान्ति बगैचामा जम्मा भई बजार परिक्रमा गरेर बिरोध प्रदर्शन गरिने युवा संघ नेपाल अर्घाखाँचीका अध्यक्ष गोबिन्द आचार्यले जानकारी दिनुभएको छ ।
 जनताको माग र भावना बिपरित गर्न लागिएको यो कार्य रोक्न आम  जनसमुदायलाई समेत उपस्थिति भइ दबाब सिर्जना गर्न सहयोगको लागि आयोजकले अनुरोध गरेको पत्रकार तथा नागरिक अगुवा कमल बिष्टले जानकारी दिनु भयो ।
सो बिरोध सभाको सबै तैयारी पुरा भएको बिभिन्न संगठनले जनाएका छन ।
कार्यक्रममा जिल्ला बासीलाई सहभागीताका लागि अनुरोध गरेका छन ।

अन्य समाचारहरु