अर्घाखाँची ठप्प (तस्बिर सहित )

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । लुम्बिनी अञ्चल अन्तर्गत ५ नं. प्रदेश अन्तर्गतको पहाडी जिल्ला अर्घाखाँची टुक्र्याएर ४ नम्वर प्रदेशमा गाभेकोे भन्दै त्यसको विरोधमा आज अर्घाखाँची बन्दको आह्वान गरिएको छ । 
जिल्लामा क्रियाशील संघसंस्थाको आयोजनामा अर्घाखाँची बन्दको आव्हान गरिएको हो । संविधान शंसोधनको नाउमा सरकारले ५ नं प्रदेश टुक्राएको विरोधमा अर्घाखाँची उद्योग वाणिज्य संघको नेतृत्व हुने गरी बिभिन्न राजनीतिक दल, भातृ संगठनको ऐक्यबद्धता सहित आज बिहान ७ वजेदेखि अनिश्चितकालिन अर्घाखाँची वन्दको आह्वान गरिएको अर्घाखाँची उद्द्दोग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनु भयो । 
रेडियो देउरालीसंग कुराकानी गर्दै संघका अध्यक्ष श्रेष्ठले जिल्लामा रहेका उद्दोग धन्दा , यातायात , शैक्षिक सस्था पूर्ण रुपमा बन्द गरिएकोे जानकारी दिनु भएको छ यता गुल्मी पाल्पा प्यूठानमा पनि बन्दको आह्वान गरिएको समाचार प्राप्त भएको छ । 

अन्य समाचारहरु