सुर्य भुसाल
अर्घातोष, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सरकारले ५ नं. प्रदेशलाई विभाजन गरि अर्घाखाँचीलाई ४ नं. प्रदेशमा राख्ने गरि संसोधनको प्रस्तावको विधेयकलाई संसद सचिवालयमा दर्ता गरेपछि अर्घाखाँचीका गाउँ गाउँमा समेत बिरोध प्रदर्शन भइरहेका छन् ।
५ नं. प्रदेश विखण्डनको विरुद्धमा जिल्लाको अर्घातोष र मरेङ्ग गाविसमा आज भव्य जुलुस निकालिएको छ । अर्घातोषको डाँडाकटेरीबाट निकालिएको जुलुस मरेङ्गको सुन्दर पोखरामा पुगेर कोणसभामा परिणत भएको छ ।
कोण सभालाई नेकपा एमाले जिल्ला कमटी सचिवालय सदस्य शालिकराम आचार्य र नेकपा एमाले अर्घातोष गाउँ कमिटीका अध्यक्ष प्रेम पछाइले सम्वोधन गर्नु भएको थियो ।
सभालाई सम्वोधन गर्दै अर्घाखाँचीलाई पुरानै ५ नं. प्रदेशमा राख्न जोडदार माग गर्नु भएको छ । उहाँहले संविधान संसोधनको प्रस्तावलाई सरकारले खारेज नगरे ठूलो मुल्य चुकाउनु पर्ने बताउनुभएको छ । यस क्षेत्रका नागरिकहरुले संसोधन विधेयक फिर्ता नगरे सम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन् ।
सभामा अर्घातोष र मरेङ्गका करिव ५ सय जना सहभागि भएका थिए ।