बाबु रोका मगर
जोगिटारी-असुरकोट, अर्घाखाँची । अर्घाखाँची जिल्ला नेपालकै उत्कृष्ट जिल्ला हो र यस जिल्लाको असुरकोट गाबिस खुल्ला दिशा मुक्त,धुँवा मुक्त चुलो,साक्षात्कार र बाटोघाटोको हिसाबमा अर्घाखाँची जिल्लाकै प्रथम नमुना गाबिसमा घोषित छ । असुरकोट गाबिसको प्रत्येक वडाहरुमा मोटर बाटोको ब्यबस्था गरिएको छ यहि गाबिसको सुन्दर गाँउ हो “जोगिटारी” ।
भौगलिक बनावटले त्यती फराकिलो नभएतापनी सानो पहाडको फेदिमा दुई खोलाहरु पूर्वमा खाकाबेसी र पश्चिममा छापे खोलाको किनारमा बसेको सानो सुन्दर अनी रमणियगाँउ अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क बाट पश्चिम भागमा पर्ने असुरकोट गाबिस वार्ड नम्बर ९ मा अबस्थित सुन्दर बस्ति “जोगिटारी” लुम्बिनी र राप्ति अञ्चल साथै दुइ जिल्ला अर्घाखाँची र प्युठान अनि तिन गाबिस अर्घाखाँचीको असुरकोट,ढाकाबाङ्ग र प्युठान बिजुली गाबिसको सिमानामा रहेको गाँउ हो |
पहाडी भेकको राजमार्ग कच्ची बाटो भएतापनि बाटो राम्रो भएको हुदा यहाँ दैनिक सवारी साधनहरु आवत जावत गरिरहनछन हिउद महिनामा कपिलवस्तुको कृष्ण नगर बाट सदरमुकाम सन्धिखर्क हुदै सिधा जोगिटारी र त्यसको अर्को दिन जोगिटारी बाट सन्धिखर्क हुदै बुटवल सम्मको रुट चल्ने गरेको हुदा सवारी हरुलाई सहज भएको यस गाउका लगायत आसपासमा रहेका मानिसहरुले बताउछन |पक्कि पुलले दुइ जिल्लाको सिमाना लाइ मिलन गराएको छ |
यहाँ बाटोघाटो पानि,बिजुलीको सुविधा भएता पनि शिक्षा स्वास्थ्य र शुरक्षा को ब्यबस्था को अभाव छ यहाँका मनिसहरु ९८% प्रतिशत साक्षत्कार छन् शिक्षाको ज्योति टाढा-टाढा छरिएको हुन्छ भन्ने भनाइलाई यो गाउँले स्पस्ट पारेको छ| यहाँका विद्धार्थी बालबालिकाहरु शिक्षा ग्रहणको लागि करिब एक घण्टा को बाटो हिडेर जानु पर्छ जहाँ सरकारी विद्धयालयको ब्यबस्था छ | समयले धेरै फड्को मारी सक्यो केहि बर्ष अघि बाट यो गाउँको बाटोमा मोटरगाडीहरु गूड्न थालेपछी यो गाउँका विद्धार्थीहरु आबश्यक अनुसार मोटरगाडीमा चढेर विद्धयालय आउने जाने गरेको देखिन्छ|
यहाँको खेतबारिमा १२ महिना सिचाईको ब्यबस्था भएको हुँदा मेहनती मानिसले कृषिजन्यवस्तु उत्पादन गरी बेचबिखन गरेर आफ्नो परिवारको जिबिका चलाऊन सक्छ तर सुविधा हुदा हुदै पनि यहाँका बासिन्दाहरु यसको लाभ उठाउन सकेका छैनन् अथवा नचाहेको देखिन्छ किनकि यस ठाउँका युवाहरु बैदेशिक रोजगारीको शिलशिलामा प्राय गाउँ देखि बाहिर नै रहन्छन |
यो ठाँउमा सरकारी या प्राइबेट स्कुलको आबश्यकता छ सरकार या अन्य कुनै समाजसेवी हरुको ध्यान केन्द्रित गर्नका लागि स्थानिय बासिन्दा लागि परेका छन् | भविष्यमा यस ठाउँलाइ पर्यटकीय क्षेत्र बनाउने यहाँका युवा तथा बासिन्दाहरुको निरन्तर पहल भैरहको स्थानिय वासिन्दा खुम बहादुर रोका मगरले जानकारी गराउनु भएको छ |
Asurkot Jogitai arghakhanchi