अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची मंसिर १५ । पाँच नम्बर प्रदेशलाई विखण्डन गरि सरकारले संविधान संसोधनको प्रस्तावलाई संसद सचिवालयमा दर्ता गरेपछि अनिश्चितकालिन जिल्ला बन्दको आव्हान गरिएको छ ।
उद्योग वाणिज्य संघ र युवा संघले आव्हान गरेको बन्दलाई सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र विभिन्न संघ संस्थाहरुले ऐेकेवद्धता जनाएका छन् । बुधबार बन्दका कारण सवारी साधन पसल, शिक्षण संस्था उद्योगधन्दा पूर्ण रुपमा बन्द भएका छन् । पाँच नम्बर प्रदेशलाई टुक्राइएको बिरोधमा सन्धिखर्कमा जुलुस प्रदर्शन गरिएको छ ।
जुलुसमा जिल्लामा क्रियाशिस राजनीनिक दल, उद्योगी व्यापारी र नागरिक समाजको उल्लेख्य मात्रामा सहभागिता रहेका थियो । जुलुस पछि भएको कोर्ण सभामा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र महासचिव नेत्र भुसालले सम्वोधन गरेका थिए ।
युवा संघका अध्यक्ष गोविन्द आचार्यले आन्दोलनलाई जिल्ला भित्र मात्र केन्द्रीत नगरेर सबै पहाडी जिल्ला एकै ठाउँमा भेला भइ राजमार्ग केन्द्रीत गर्ने तयारी भएको बताए ।