अर्घाखाँचीमा अान्दोलन चर्कियो, पुरा जिल्ला ठप्प, जनजीवन अस्तव्यस्त (तस्बिर सहित )

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ५ नम्बर प्रदेश टुक्राउने सरकारले गरेको निर्णयको बिरुद्ध अर्घाखाँचीमा अान्दोलन चर्किएको छ ।
बिहिबार बिहानबाट सन्धिखर्कका चोकचोकमा अान्दोलनकारीले नाराजुलुस प्रदर्शन गर्नुको साथै टायर बालेर बिहान देखि जनप्रदर्शनमा उत्रिएका छन ।
जनताहरुले बिहान देखि सन्धिखर्क सदरमुकामका बिभिन्न चोक तथा गल्लिहरुबाट स्वतहसफुर्त जुलुसहरु निस्किएका छन । भने गाउँ गाउँमा समेत जनताहरु अान्दोलनमा उत्रिएका छन । बिहान देखि सडकहरुमा जनताहरुले नाराहरु घन्काउदै प्रर्दशन गरिरहेका छन । बजार पूर्ण रुपमा बन्द छ ।
यस्तै बिधालयहरु सबै बन्द रहेपछि केटाकेटीलाई बाटोमा खेल्न ब्यस्त देखिन्छन् । अान्दोलनले अर्घाखाँचीमा ठुलो प्रभाब पारेको छ । अान्दोलन गर्ने गाउँहरुबाट समेत जनताहरु अाउने र अान्दोलनमा सहभागी हुने गरेका छन ।
अान्दोलन परिचालन समितिको निर्णय बमोजिम बिहान देखि अान्दोलन झन चर्किएको हो । अान्दोलन चर्किएको अबस्थामा सरकारी कार्यालय सुनसान छन । सेबा ग्राहिहरु कार्यालयमा अाउन छोडेका छन । सेबाग्राहि नअाएपछि  कर्मचारीहरु घाम ताप्न ब्यस्त देखिन्छन ।
युवाहरु अहिले अर्घाखाँचीमा शसक्त अान्दोलनमा सहभागी भएका छन।
गुल्मी पाल्पा प्युठान रुकुम रुपन्देहीमा समेत अान्दोलन जारी
उता छिमेकी जिल्ला गुल्मी पाल्पा प्युठान रुकुम रुपन्देहीमा समेत अान्दोलन चर्किएको छ । रुपन्देहीमा बिहान देखि जनताले नाराजुलुस प्रदर्शन गर्नुको साथै ठाउँमा ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन । 
रुपन्देही बिहान देखि ठप्प छ भने चोक चोकमा नाराजुलुस भईरहेका छन । प्युठानमा बिहान देखि प्रदर्सन सुरु भएको छ । जनताहरु अहिले बिहान देखि प्रर्दशनमा सहभागी भएका छन ।
गुल्मीमा अान्दोलन चर्किएको छ । गुल्मिको बजार पूर्णरुपमा बन्द छ । उधोग धन्दा कलकारखाना सडक ठप्प छन ।
पाल्पामा बन्दको पूर्ण प्रभाब बिहान देखि परेको छ। बिहान देखि पाल्पामा नाराजुलुस भईरहेका छन । 

अन्य समाचारहरु