सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेकपा एमाले निकट युवा संघका जिल्ला अध्यक्ष गोबिन्द आचार्यले मुलुक गम्भिर अवस्थामा रहेको भन्दै उहाँहरुलाई सतर्क रहन आग्रह गर्नुभएको छ ।
सरकारले संबिधान संशोधनको नाममा मुलुकलाई अराजकता तथा अस्थिरता तर्फ लैजान खोजेको आरोप लगाउँदै युवा संघ सन्धिखर्क नगरपालिका वडा नम्बर १५ डिभर्ना वडा कमिटिले आयोजना गरेको कार्यक्रममा नेता आचार्यले अखण्ड पाँच नम्बर प्रदेशको निम्ती एकजुट हुुन उहाँले आग्रह गर्नुभयो ।
युवा संघ नेपाल सन्धिखर्क नगरपालिका १५ नम्बर वडा कमिटि डिभर्नाको वडा अधिवेशनमा आचार्यले युवाहरु आन्दोलनमा होमित तयारी पोजिशन रहन आग्रह गर्नुभयो । आचार्यले अब राजमार्ग केन्द्रित आन्दोलन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा युवा संघ जिल्ला कमिटि कोषाध्यक्ष कृष्ण सेजवाल, १५ नम्बर वडा कमिटि अध्यक्ष मधुकुमार श्रेष्ठले राज्य निर्माणमा युवाहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
अधिवेशनले कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय युवा संघ सन्धिखर्क नगरपालिका १५ नम्बर वडा कमिटिको गठन गरिएको छ । जसको उपाध्यक्षमा महेन्द्र श्रेष्ठ, सचिवमा माया बस्या, सहसचिवमा समुन्द्र नेपाली, कोषध्यक्षमा विकास श्रेष्ठ लगायतका रहनुभएको छ ।
यस्तै सदस्यहरुमा सागर श्रेष्ठ, प्रकाश श्रेष्ठ, पवित्रा बस्याल, राजु भुसाल, सरस्वति कुवँर , रामचन्द्र बिक, शान्ता बस्याल र मेनुका ताम्राकार लगायतका रहनुभएको छ ।
कार्यक्रम युवासंघ निवर्तमान गाऊकमिटि अध्यक्ष जीवन श्रेष्ठको अध्यक्षता, पार्टी वडाकमिटि सचिव बसन्त श्रेष्ठको सञ्चालन र उपसचिव पार्वता श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । कार्यक्रममा वडा कमिटिका पदाधीकारी तथा सल्लाहकारको उपस्थिती रहेको थियो ।