भोली शनिबारदेखि अर्घाखाँची अनिश्चितकालका लागि बन्द

सन्धिखर्कमा विहिबारको बन्दमा ।
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सरकारले ५ नम्बर प्रदेश टुक्राएर सरकारले संविधान संशोधन प्रस्ताव विधेयक संसदमा दर्ता गरेको विरोधमा आज शनिबार देखि अर्घाखाँचीमा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
शनिबार बिहान सङघर्ष समितीको बैठक बसेर आन्दोलनका कार्यक्रम तय गरिने सङघर्ष समितीका अध्यक्ष विष्णु प्रसाद खनाल मुस्कानले बताउनुभयो ।
शुक्रवार प्रदेश नम्वर ५ टुक्रयाएको विरोधमा बुटवलमा भव्य विरोध प्रर्दशन भएको थियो। 
विरोध प्रदर्शनमा अर्घाखाँची जिल्लाबाट पनी सङघर्ष समिती सहित विभिन्न पार्टीका नेताहरु बुटवल गएका थिए । 

अन्य समाचारहरु