अर्घाखाँचीमा आन्दोलन शसक्त भईरहेको छ ।
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । संविधान संशोधनमा ५ नम्बर प्रदेशका केही जिल्लालाई छुट्याएर प्रदेश चारमा गाभ्ने प्रस्तावका विरुद्ध आज सोमबार सन्धिखर्कको टुडिखेलमा बृहत जनसभा गर्न तयारी भइरहेको छ ।
विरोधको लागि गाउँबाट ठूलो संख्यामा जनसहभागिता जुटने संयुक्त संघर्ष समितिका संयोजक एवं कांग्रेस सभापति विष्णु प्रसाद खनाल ‘मुस्कान’ ले बताए ।
सभालाई नेकपा एमालेका युवा नेता तथा सासद डाक्टर दुमन सिह थापा, एमालेका केन्द्रीय सदस्य नजिर मिया लगायत अर्घाखाँचीका जिल्ला नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पूर्व उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, कांगेस केन्द्रिय सदस्य पुष्पा भुसाल, पूर्वकेन्द्रिय सदस्य रेवतीप्रसाद भुसाल लगायत भने नआउने भएका छन् । जनसभापछि आन्दोलन थप सशक्त हुने नेताहरुले बताएका छन् ।
पाँच नम्बर प्रदेशलाई फुटाउने सरकारको निर्णयलाई घुडा टेकाउनका लागि २०६२ /२०६३ मा भन्दा बढि जनताहरु स्तस्फुर्त रुपमा सन्धिखर्क अाउने र अान्दोलन उत्कर्षमा पुग्नेमा अाफुहरु बिस्वस्त रहेको अान्दोलन परिचालन समितिले अपेक्षा गरेको छ।
आजको विरोध सभामा राष्ट्रिय झन्डा मात्र प्रयोग गरिने अान्दोलन परिचालन समितिले जनाएको छ । अान्दोलनलाई ब्यबस्थित गर्न प्रत्यक पार्टीबाट १० /१० जना युबा सयमसेबक परिचालन गर्ने निणय भएको छ ।
आज जनसभा बिहान ११ बजेबाट सुरु भई दिउसो ४ बजे समापन हुनेछन । २१ गतेबाट जिल्ला स्थित शिक्षण संस्थाहरु सुचारु गर्ने सघर्ष समितिले निर्णय गरेको नेता मुस्कानले बताउनु भयो । २१ गते सम्म अर्घाखाँची बन्द यथाबत रहेको छ ।