अर्घाखाँची उद्योग बाणिज्य संघको पुस ९ गते गरिने भनिएको जिल्ला अधिबेशन स्थगित
मंसिर २६ गते, २०७३ मा प्रकाशित
आईताबार महिलाहरुले थाल हातमा लिएर जुलुस प्रर्दशन गरेका थिए ।
सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची उद्योग बाणिज्य संघको अागामी पुस ९ गतेका लागि घोषणा गरिएको जिल्ला अधिबेशन तत्कालका लागि स्थगित भएको छ।
अाज बसेको उद्योग बाणिज्य संघको बैठकले अान्दोलन चर्किएको अबस्थामा अान्दोलन निष्कर्षमा नपुगुन्जेल अधिबेशन स्थगित गर्ने निर्णय गरेको अर्घाखाँची उधोग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।
सरकारले संविधान संशोधन विधेयक प्रस्ताव संसदमा पेश गरि ५ नम्बर प्रदेसलाई टुक्राउने निर्णय गरेपछि जनताहरु उधोगी ब्यापारी अान्दोलनमा उत्रिएका छन। अान्दोलन निश्कर्षमा नपुगुन्जेल पुर्व घोषणा गरिएको बाणिज्य संघ अर्घाखाँचीको अधिबेशन अान्दोलनका बेला गर्न कठिन हुने र उत्कर्षमा नपुगुनजेल स्थगित गर्ने निर्णय बैठकले गरेको अध्यक्ष कृष्ण श्रेष्ठले डटकमलाई बताउनु भयो ।
उधोग बाणिज्य संघको अधिबेशन पुस ९ गते घोषणा गरेसगै ब्यापारीहरुमा चुनावी माहोल र चर्चा सुरु भएको थियोे । चुनावी चहलपहल बढेका बेला उधोग बाणिज्य संघ अर्घाखाँचीको अधिबेशन स्थगित भएको हो ।
अर्घाखाँची जिल्लामा हिजो आज दुईदिन सम्म पाँच नम्बर प्रदेशलाई टुक्राउने सरकारको निर्णय बिरुद्ध अाम हड्ताल सम्पन्न भएको छ । बन्दका कारण बजार उधोग धन्दा कल कारखाना पूर्ण रुपमा बन्द भएका थिए ।
बन्द २६ गते बेलुका ५ बजेबाट खुलेपछि बजारमा चहलपहल भएको छ। २७/२८/२९ गते बजार खुलेपनि ३० गते बाट पुस ६ गते सम्म भने जिल्ला बन्द यस अघिनै सङघर्ष समितिले घोषणा गरेको छ ।
२६ गते सरकारले ल्याएको प्रस्ताव बिरुद्ध महिलाहरुले थाल हातमा लिएर जुलुस प्रर्दशन गरेका थिए ।