यमनमा इस्लामिक अतिवादी संगठन आइएसले गराएको बम विस्फोटमा ४५ जना सैनिक मारिए

यमनको सैनिक क्याम्पमा इस्लामिक अतिवादी संगठन आइएसले गराएको बम विस्फोटमा ४५ जना सैनिक मारिएका छन् ।
अदन शहरमा रहेको सैनिक क्याम्पमा तलव लिन लाइन बसेका सेनामाझ आत्मघाती विस्फोट गराइएको यमनी अधिकारीहरुले बताएका छन् ।
यमनमा राष्ट्रपति मन्सुर हादी निर्वासित भएपछि उनको समर्थनमा रहेका हुथी विद्रोही र सेनाबीच संघर्ष जारी छ ।
संघर्षमा सउदी गठबन्धन सेनाले यमन सरकारको साथ दिइरहेको छ । गत अगस्टमा हुथी विद्रोहीले गरेको आक्रमणमा ६० जना मारिएका थिए । (एजेन्सी)