अर्घाखाँचीका गाउँ-गाउँमा बिकास निर्माणका कामको अनुमन गर्दै स्थानिय बिकास अधिकारी पौडेल

सुर्य भुसाल 
जुकेना , अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  स्थानीय विकास अधिकारी प्रदिप पौडेलले जिल्लाको विकास निर्माणलाई सम्पन्न गर्नका लागि अनुगमनलाई तिब्रता दिने बताउनु भएको छ । 
जिल्लाका जुकेना सितखोला, डिभर्ना जर्रेखोला तथा अन्य बिभिन्न ठाउँहरुमा भैरहेको पुल निर्माण तथा बाटो घाटो अनुगमनका क्रममा स्थानिय बासिन्दा तथा उपभोक्ताहरुसँगको छलफल तथा भेटघाट कार्यक्रममा स्थानीय बिकास अधिकारी  पौडेलले जिल्लाका विकासका कामहरुलाई वैसाख महिना भित्र पुरा गर्ने र अषाढ मसान्तमा हतारका साथ गर्ने काम पहिलानै गर्न व्यवस्था मिलाउनका लागि कर्मचारीहरुलाई निर्देशन अाफुले दिएको उपभोक्ताहरुलाई बताउनु भयो ।
विकास निर्माणका कामहरुलाई पारदर्शीताका साथ अगाडि बढाउने बताउदै अर्घाखाँची जिल्लामा सवै गाविसमा मोटरबाटो तथा अन्य विकास निर्माणका काम देख्दा आफु हर्षित भएको पनि बताउनुभयो । उहाँले जिल्लामा पुल तथा अन्य बिकासका काम देख्दा निकै खुशी लागेको दावी गर्दै जनताको काम गर्न अाफु जिल्लामा अाएको बताउनु  भयो ।
पौडेलले कर्मचारीहरुलाई जनताको सेवालाई तुरुस्त दुरुस्त पार्नका लागि आफुले निर्देशन दिएको बताउदै विकासका कामको अनुगमनलाई आफुले महत्वपूर्ण ढंगले अगाडि बढाउने बताउदै सबै जिल्लाबासीको सहयोग भए आफुले एतिहासिक काम गरेर देखाउने बताउनुभयो ।
पौडेलले जिल्ला विकास समिति प्राविधिक कार्यालय तथा बिषयगत कार्यालयहरुको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताउदै चुरे क्षेत्रमा हुने ढुङगा गिट्टी बालुवा चोरी निकासी पुर्ण रुपमा अन्त्य गरिने बताउनुभयो । उहाँले आगामी जिविस परिषदबाट महिला दलित बालबालिकाहरुको क्षेत्रमा बजेट बिनियोजन गर्ने बताउदै शिक्षा स्वास्थ खानेपानी लगायतका क्षेत्रको विकासका लागि आफुले सहयोग गर्ने बताउनु भयो । 
 
मुलुकको प्रशासन प्रमुख तथा मुख्य सचिव सम्मको हैसियत राख्ने पौडेल अर्घाखाँची जिल्लामा आएपछि विकासले  फड्को मार्ने जिल्लाबासीले अपेक्षा समेत गरेका बेला पौडेल गाउँ गाउँमा बिकासका कामको अनुगमन गर्दै जनताहरुसँग छलफल गरेपछि स्थानियबासीहरु हर्षित भएको स्थानियको भनाइ छ ।
प्राबिधिकहरुको टोली लिएर स्थानिय बिकास अधिकारी गाउँ – गाउँमा पुग्नु भएको छ। पौडेल सरकारी बिदाको दिन समेत फिल्डको काममा ब्यस्त देखिनु भएको छ।

अन्य समाचारहरु