धर्म रायमाझी दाङ
~~~~~~~~~~~~~~~~~~
परदेशिलाइ घरको माया”नलाको”कहाँ छ र।
एक छाक उस्ले शन्तिमनले”खाको”कहाँ छ र ।
सधै झल्को गाँउघरको अनि चाडवाडको पनि
बिरानो ठाउँ बिना निम्तो रोधी”गाको”कहाँ छ र।
हरेक दिन पसिनाले निथ्रुक्क भिझेको हुन्छ
फुस्रो हाँसो हाँसे पनि खुसी”भाको”कहाँछ र।
सपनाको महल सजाउदै परदेश आय पनि
तड्पाइमै दिनबिते शुभ खबर”पाको”कहाँ छ र।
सम्झिदै आमा बा प्राणप्यारी साथी भाइहरु
दैबले लुट्यो दु:खद खबर”नआको”कहाँ छ र।
परदेशिलाइ घरको माया”नलाको”कहाँ छ र।
एक छाक उस्ले शन्तिमनले”खाको”कहाँ छ र