भोली हुने वृहत जनसभाको पुर्ब सन्ध्यामा सन्धिखर्कमा मसाल जुलुस प्रर्दशन, टोपबहादुर रायमाझी, चन्द्र भण्डारी लगायतले सम्बोधन गर्ने (भिडियो, फोटोहरु)


प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  ५ नम्बर प्रदेश टुक्रयाउने गरी संविधान संशोधन पेश गरेको विरोधमा आज साँझ अर्घाखाँची जिल्लाको सन्धिखर्कमा मसाल जुलुस निकालिएको छ ।
भोलि मंसिर ३० गते जिल्ला बन्द जन प्रदर्शन, जनसभा र  पौष १, २ र ३ गते प्रदेश ब्यापी आम हडतालको पुर्ब सन्ध्यामा संयुक्त संघर्स समितिको को आयोजनामा चुत्राबेशी स्थित अर्घाखाँची आवासिय उमावि बेलबाटिकाबाट निकालिएको मसाल जुलुस शान्ती बगैचा चोकमा कोण सभामा परिणत भाइ सम्पन्न भएको छ।
मसाल जुलुसले बजारका विभिन्न भागमा परिक्रमा गरेको थियो । जुलुसमा सयौ जनताको सहभागीता रहेको थियो ।
भोली मंसिर ३० गते सदरमुकाम सन्धिखर्कमा हुने वृहत जनसभालाई सम्बोधन गर्नका लागि नेकपा माओवादी केन्द्रका उपनेता तथा पुर्वमन्त्री अर्घाखाँची क्षेत्र नम्बर १ का सांसद टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मीका सासंद चन्द्र भण्डारी लगायतका नेताहरु सन्धिखर्क आईपुगेका छन् ।

अन्य समाचारहरु