डिभर्नामा एक व्यक्तिले झुन्डिएर आत्महत्या गरे

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क – १४ स्थित डिभर्नामा एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन् । 
डिभर्नाको बढाखोलाका धुर्ब पाण्डेले घर नजिक रहेको फोर्साको रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् । खेतमा पानी लगाउन गएका पाण्डेलाई एकास्सी झुन्डिएको देखेर श्रीमतिले गाउँमा हारगुहार गरेकी थिईन् । आत्महत्याको कारण खुल्न सकेको छैन ।   
पाण्डेका एक श्रीमती र दुई वटा १४,१५ वर्ष उमेरका छोरा रहेका छन् ।
मृतक पाण्डेको शव प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगेको थियो । यस सम्बन्धी अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । 

अन्य समाचारहरु