अर्घाखाँचीमा आमहडताल फिर्ता, भोली देखि नयाँ चरणको आन्दोलन
पौष ३ गते, २०७३ मा प्रकाशित
भिडियो: बिनोद गैरे
सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । पाँच नं प्रदेश विभाजनमा असन्तुष्टि जनाउँदै आएको आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले अर्घाखाँचीमा गरेको आमहडताल फिर्ता लिएको छ ।
आइतबार साँझ ६ बजेदेखि आमहडताल फिर्ता लिइएको समितिले जनाएको छ । प्रदेश नं ५ बाट अर्घाखाँचीलाई टुक्र्याएर प्रदेशन नं ४ मा राखिएकामा असन्तुष्टि जनाउँदै समितिले शुक्रबार, शनिबार र आईताबारका लागि आमहडताल गर्दै जिल्ला बन्द गराएको थियो । अखण्ड ५ नं प्रदेशको मागसहित भएको आमहडताल समितिले आईताबार अपराह्न बैठक बसेर आज साँझदेखि बन्द फिर्ताको घोषणा गरेको हो ।
आज अपराह्न बसेको संयुक्त संघर्ष समितिले गरेको निर्णय:
(१) पौष ४ गते संयुक्त संघर्ष समितीले मंसिर १४ देखि पौष ३ सम्मको आन्दोलन ,आमहडतालका बिषयमा समिक्षा गर्दै सन्धिखर्कमा पत्रकार सम्मेलन गर्ने र आगामी आन्दोलनका कार्यक्रम हरु सार्बजनिक गर्ने ।
(२) पौष ५ गते सम्पुर्ण पार्टी आबद्ध तथा युवा ,विद्यार्थी हरुको अगुवाइमा सम्पुर्ण जनसमुदाय हरुको सहभागीतामा सिट्ठी जुलुस सहित कोणसभा ।(३) पौष ६ गते अन्तरपार्टी महिला संजाल ,विभिन्न राजनितिक पार्टिका महिला नेताको अगुवाइमा महिला दिदिबहिनी र सम्पुर्ण जनसमुदाय हरुको सहभागीतामा र्याली ,जुलुस सहित कोणसभा ।
(४) पौष ७ गते प्राध्यापक ,वकिल ,पत्रकार ,नागरिकसमाज ,बुद्धिजीवी हरुको अगुवाइमा र्याली ,जुलुस सहित कोणसभा ।
(५) पौष ८ गते सदरमुकाम का वडा तथा गा ,बि ,स ,मा र्याली ,जुलुस र कोण सभा सम्पन्न गर्ने ।
(६) पौष ९ गते सन्धिखर्क बजार क्षेत्र ,र शान्ती बगैचा देखि गोरुसिंगे सडक फुदबाङ ,घुम्ती सम्म आ आफ्ना सबारी साधन सडकमा प्रदर्शन गरि हर्न ( आबाज ) बजाउने ,अन्य जनसमुदाय समेत सहभागी हुने ।
(७) पौष १० गते अन्य जिल्लाहरु महेन्द्र राजमार्गमा अर्घाखाँची जिल्लाका आमजनता सन्धिखर्क देखि संभबत ठाडा सम्म सडकमा जम्मा भैइ संशोधन प्रस्तावको बिरोध गर्ने कार्यक्रम रहेको संयुक्त संघर्ष समितिका संयोजक बिष्णु प्रसाद खनाल ” मुस्कान ” ले जानाकारी दिनुभएकोछ ।
यस्तै यो पौष ४ गते देखि १० गतेको समय अबधि भर बिधालय, क्याम्पस, पसल, उद्योग, व्यापार सबारी साधन पुर्बबत रुपमा संचालन हुने र आन्दोलनका कार्यक्रम अबधिमा आ- आफ्नो समय मिलाएर सहभागी हुन समेत अनुरोध गरिएको छ ।
काँग्रेस, नेकपा (एमाले), राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी केन्द्र ), राप्रपा लगायत राजनीतिक दलले ऐक्यबद्धता जनाउँदै पहाडी जिल्ला अर्घाखाँचीलाई तराईबाट अलग्याउन नहुने भन्दै बन्द विरोध जनाउँदै आएका छन् ।
यस्तो रह्यो अर्घाखाँचीमा आमहडतालको तेस्रो दिन (फोटोहरु)