सुन्दर पन्थी
कोरिया ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची संपर्क मन्च दक्षिण कोरियाले अर्घाखाँची भगवतीका क्यान्सर पिडितलाई १ लाख २६ हजार ५ सय रुपैया आर्थिक सहयोग गरेको छ ।
विभिन्न पेसा, रोजगार र अध्ययनका लागि दक्षिण कोरिया पुगेका अर्घाखाँचीबासीहरुको साझा चौतारी अर्घाखाँची संपर्क मन्च दक्षिण कोरियाले क्यान्सर पिडित अर्घाखाँची भगवती ५ निवासी राम प्रसाद पाण्डेको उपचारका निम्ति आर्थिक सहयोग स्वरुप रु १,२६,५०० रकम हस्तान्तरण गरेको हो ।
एक कार्यक्रमका बिच रकम समितिका सल्लाहकार खेम राज आचार्य र बल बहादुर मल्लले हस्तान्तरण गरेका थिए । यस्तै आर्थिक संकलनको संयोजक बैरागी माईलाले गरेका थिए ।
यस्तैक्रममा अर्घाखाँची संपर्क मन्च दक्षिण कोरियाले अर्घाखाँची ढिकुरा गा.बि.स. ४ निवासी ७ वर्षिय ब्लड क्यान्सर पीडित बालक अमृत घिमिरेलाई आर्थिक सहयोग गर्न सबैलाई आव्हान गरेको छ । यसको संयोजक प्रकास बेल्बासेले गरेका छन् ।