जर्मनीको बर्लिनमा जथाभावी लरी चलाउँदा किचिएर १२ जनाको मृत्यु

जर्मनीको बर्लिन शहरस्थित एक व्यस्त बजारमा जथाभावी लरी चलाउँदा किचिएर १२ जनाको मृत्यु भएको छ ।
क्रिसमस बजारमा चालकले जानीजानी लरी चलाएको प्रहरीले जनाएको छ । घटनामा केही व्यक्ति घाइते भएका छन् ।
लरीले मानिस किच्न थालेपछि बजारमा आएकाहरुको भाडदौड मच्चिएको थियो । लरीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् भने चालक फरार छन् ।
जर्मनी सरकारले भने जानीजानी लरी चलाएर हत्या गरिएको हो या दुर्घटना भएको भन्ने एकीन नभएको जनाएको छ
घटनामा संलग्न रहेको हुनसक्ने आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । (एजेन्सी)