तिवारी हत्याको बिरोधमा भगवती, छत्रगन्ज, केरुङा र अर्घातोषमा संयुक्त प्रर्दशन

दिपेन्द्र श्रेष्ठ 
भगवती, अर्घाखाँची ५ मङ्सिर ।  नेकपा एमालेको भातृ संगठन युवा संघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हिजो भएको योजनाबद्द कायरतापुर्ण निर्मम हत्त्याको बिरुद्द आज अर्घाखाँचीमा पनि युबा संघ भगवती, छत्रगन्ज, केरुङा, अर्घातोषको संयुक्त आयोजनामा -र्याली प्रर्दशन तथा सभा सम्पन्न भएको छ । 
 अर्घाखाँचीको  केरुङा रिठारुख देखि छत्रगन्ज, अर्घातोश हुँदै गुल्मीको सिमाना नेटा बजार सम्म मोटर्साइकल युवाहरुले र्याली सहित बिधालय, यातायातका साधन, व्यापार ब्याबसाय ठप्प पारी आम हड्ताललाई समर्थन जनाएका थिए । 
उक्त र्याली पुन फिर्ता तारुभतेरामा पुगि कोणसभामा परिणत भएको थियो । उक्त सभा भगवती गाउँ कमिटी सदस्य कृष्ण श्रेष्ठको उदघोषण तथा युबा संघ भगवतीका अध्यक्ष टिन बहादुर प्रधानको अध्यक्षतामा  भएको थियो। त्यस्तैगरि अतिथीमा राष्ट्रिय जनमोर्चा भगवतीका पार्टी प्रतिनिधि पुर्णकुमार श्रेष्ठ, नेकपा एमाले भगवती गाउँ कमिटी अध्यक्ष हरिलाल पान्डे, नेकपा एमाले छत्रगन्ज गाउँ कमिटी अध्यक्ष श्याम बिक, युबा संघ जिल्ला कमिटी सदस्य तथा भगवती गाउँ कमिटी सचिब शोभाखर पान्डे, युबा संघ जिल्ला कमिटी सदस्य घनश्याम पान्डे तथा नेकपा एमाले दलित मुक्ती मोर्चाका सदस्य राम बहादुर सुनार लगायतले आफ्नो मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा दुर्गा तिबारी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उक्त निन्दनिय कार्यको घोर भर्त्सना गर्दै छानबिन गरि हत्त्यारालाई यथासिघ्र कानुनी दायरामा ल्याइ कार्बाहीको जोरदार माग गरिनुको साथै राष्ट्रघाती संविधान संसोधन फिर्ता नलिएसम्म हामी लुम्बिनीबासी जनता जस्तो सुकै आन्दोलनमा होमिन तयार रहेको आबाजलाई बुलन्ध पारिएको थियो।
कार्यक्रममा एउटा युबा संघको होनोहार युबा नेता तथा राष्ट्र र राष्ट्रियताको पक्षमा तथा अखन्ड लुम्बिनीको आन्दोलनको अग्रमोर्चामा होमिनु भएका दुर्गाको हत्त्याले युबा संघलाई तथा सिङो लुम्बिनीलाई अबिस्मर्णिय क्षती तथा दु:ख परेको र यो शोकलाई शक्तिमा बदल्दै कति पनि बिचल्लित नबनी अगाडीको आन्दोलन अझ शसक्त ढङगले अगाडि बढाइने प्रतिबद्धता गर्दै टिन बहादुर प्रधानले कार्यक्रमको समापन गर्नुभएको कृष्ण श्रेष्ठले  जानाकारी दिएका छन   |

अन्य समाचारहरु