सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सार्वजनिक शौचालय सन्चालन आएको छ ।
सदरमुकाम सन्धिखर्कमा आवतजावत गर्ने प्रमुख स्थान सन्धिखर्क स्थित शान्तिबगैचा चोकमा सार्बजनिक शौचालय आएको हो । शान्ति बगैचा मन्दिरमा विभिन्न शुभकार्य, विवाहको लागि जमघट हुने र सन्धिखर्क बजारमा विभिन्न कामले आउने मानिसहरुलाई ध्यानमा राखेर सार्बजनिक शौचालय सुबिधा सन्चालनमा ल्याइएको हो ।
शौचालय सुबिधा निशुल्क भने होइेन, शौचालयमा दिसा गर्नेलाई १० रुपैया र पिसाब गर्नेलाई ५ रुपैया लाग्ने बताइएको छ ।
यहाँ शौचालय नहुँदा मानिसहरु बषौ देखि मर्कामा पर्दै आएका थिए ।
तस्बिर: सहयोगी बिसी