निर्माण व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष ऋषिरामद्वारा ठेक्का पट्टा अार्थिक बर्षको अन्त्यमा गराउदा व्यवसायीहरुलाई कठिन भएको भनाई

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । निर्माण व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष ऋषिराम अधिकारीले ठेक्का पट्टा गराउदा सरकारले अार्थिक बर्षको अन्त्यमा गराउदा निर्माण व्यवसायीहरुलाई काम गर्न कठिन हुने बताउनु भएको छ ।
उहाले सबै बिकासका काम गर्ने सरकारी कार्यालयहरुले फागुन चैत बैसाख महिना भित्र टेन्डर आह्वान गरेमा गुणस्तरीय काम गर्न ठेकदार हतारिन नपर्ने भएको कारण पनि टेन्डर प्रकिया चाडो गरेमा जिल्लाको बिकासले तिब्रता लिने बताउनु भएको हो ।
अर्घाखाँची डटकम सित कुराकानी गर्दै उहाले बाहिरका निर्माण ब्यबसायीहरुले नेटबाट टेन्डर हाल्ने तथा समयमा काम सम्पन्न गर्न नसकेका कारण जिल्लाका निर्माण ब्यबसायीहरुको समेत नाम जोडिने गरेको गुनासो गर्नु भयो । अधिकारीले अर्घाखाँची जिल्लामा धेरै ईमानदार ठेकदारहरु रहेको बताउदै गुणस्तरिय काम गर्नु अाफुहरुको धर्म भएको बताउनु भयो । उहाले उपभोक्त समितिहरु मार्फत काम गराउदा धेरै काम गुरणस्तरिय नहुने बताउदै ठेक्काबाट नै काम गराउन  सम्बन्धित निकायलाई अाग्रह गर्नु भयो ।
अर्घाखाँची जिल्लामा निर्माण ब्यबसायीहरुको निकै एकता भएको बताउदै उहाले जिल्लाको बिकास निर्माणका लागि अाफुहरुले समेत महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताउदै गुणस्तरीय काम गर्नु निर्माण ब्यबसायीको धर्म भएको बताउनु भयो ।
पिटिअार कन्ट्कसनका प्रमुख समेत रहेका अधिकारी सफल सक्षम निर्माण ब्यबसायी हुन । पुलका काम तथा बाटोको काममा अधिकारी लुम्बिनी अन्चलका नामुक र ईमानदार निर्माण ब्यबसायी हुन । उनिसित काम गर्न कर्मचारीहरु समेत खुसि हुने गर्छन । व्यवसायिक रुपमा निर्माण ब्यबसायी भएपनि अधिकारी सामाजिक तथा राजनीतिमा समेत प्रभाब राख्ने ब्यबसायी हुन । उनि चिदिका गाबिसबाट नेकपा एमालेको तर्फबाट  निर्बाचित गाबिस अध्यक्ष समेत हुन ।
५ नम्बर प्रदेश टुक्राउने सरकारको निर्णय बिरुद्ध अधिकारीको नेतृत्वमा निर्माण ब्यबसायीहरु अग्रपंक्तिमा रहेर अान्दोलन चर्काएका थिए।

अन्य समाचारहरु