बल्कोट गाविसका पूर्व उपाध्यक्ष लगायतले मोटरबाटो निर्माण कार्यमा अबरोध गरे

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला बल्कोट गाबिस स्थित डाँडापोखरा देखि टुनिपोखरासम्मको मोटरबाटो निर्माण कार्यमा अबरोध भएको छ ।
बल्कोट गाविस वार्ड नं. ४ डाँडापोखरा देखि टुनिपोखरासम्मको बाटोको पहिलो खण्ड धैरेनी सम्मको बाटो खन्ने क्रममा सोही गाविसका पूर्व उपाध्यक्ष धुर्व पाण्डे लगायतले अवरोध गरेका हुन् । पाण्डे लगायतका व्यक्तिहरुले हिजो पौष ६ गते सो बाटो खन्ने क्रममा अबरोध गर्नुका साथै हात हालाहालसम्म गरेका थिए ।
उक्त मोटरबाटो निर्माण समितीका अनुसार स्थानियको अवरोध पछि बाटो निर्माण कार्य अन्योलमा परेको छ । साथै सो बाटोको पहिरो खण्डमा जग्गाधनी मोतिलाल कै रोहबारमा डिपिसी पर्खाल उठाई सकेपछि बरु त्यो पर्खालको पैसा दिन्छौ बाटो दिन्नौ भन्दै अबरोध गरेका थिए ।
उता बाटो अबरोध गर्ने कार्यमा प्रमुख भूमिका खेलेका बल्कोट गाविसका पूर्व उपाध्यक्ष धुर्व पाण्डेले पाण्डेटोलमा जाने बाटोमा सबैको सहमती नभएको र जग्गाधनीहरुलाई नसोधी, सहमती बिना निर्माण कार्य गरेकोले अवरोध भएको अर्घाखाँचीडट्कमसँग फोनमा बताए ।  साथै आफुले नभएर अरु जग्ग्गाधनीले अवरोध गरेको र अब सहमती हुने भन्दै बाटो निर्माण कार्य अगाडि बढने बताए ।
यस्तै मोती खनालले पैशाको फूर्ति लगाएर पाण्डेटोलाबासीहरुलाई आफ्ना ज्यामी सरह मूल्याङ्कन गरेको भन्दै टोलबासी आक्रोसित बनेका छन् ।
तर पटक पटकको छलफल गर्दा पनि अवरोध गर्ने र पहिलाकै कायम रहेको बाटोबाट मोटर बाटो नखनिए जे-जस्तो अवरोधको सामना गर्न तयार रहेको पाण्डेटोलाका कृण्णराज पाण्डे बताउछन् ।
डाँडापोखरा देखि टुनिपोखरासम्मको बाटो अन्तर्गत उक्त खण्ड निर्माणका लागि आ.व २०७३-०७४ मा जिल्ला विकास समितिबाट रु. ५०,०००।०० रकम स्वीकृत भएको थियो । साथै उक्त बाटोमा स्थानीयहरुले जनश्रमदान गरेका छन् । यसक्रममा यसअघि पनि पटक पटक बाटो निर्माण कार्यमा अवरोध भएको थियो ।
साथै डाँडापोखरा देखि धैरिनी पहिलो खण्ड, धैरेनी देखि नेपालीटोला सम्म दोस्रो र नेपालीटोला देखि टुनिपोखरा सम्मको तेस्रो खण्ड मध्ये टुनीपोखरा तिरबाट नेपाली टोलासम्मको बाटो खन्ने कार्य यही वर्ष  सम्पन्न भएको छ । 
उता करिव २५ घरपरिवार र १२० जति जनसंख्या रहेको पाण्डेटोला र नेपालीटोला हुदै टुनिपोखरा जाने मूलबाटोले वार्ड नं. ४ का  ८० प्रतिशत जनता लाभान्वित हुनेछन् ।
डाँडापोखरा देखि टुनिपोखरा बाटोको पहिरो खण्डमा पर्खाल उठाइदै । 

अन्य समाचारहरु