सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका इसाई धर्मावलम्वीहरुले सन्धिखर्कमा एक कार्यक्रम गरि मेरी क्रिसमस मनाएका छन् ।
अर्घाखाँचीका इसाई धर्मावलम्वीहरुले सन्धिखर्क- १ लदाममा भेला भई क्रिसमस पार्टी भोज गरेका थिए । उनिहरुले एक अर्कामा शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुति गरिएको थियो ।
अर्घाखाँची जिल्लामा अहिले सम्म के – कति इसाई धर्मावलम्वीहरु छन् भन्ने यतार्थ विवरण नभएता पनि पछील्लो समयमा यो धर्म अँगाल्नेहरु बढेको बताइन्छ । साथै अर्घाखाँची जिल्लामा अहिले सम्म गिर्जाघर (चर्च) निर्माण भ्एका छैनन् ।
उता अहिले नेपालमा आठ हजार पाँच सय गिर्जाघर र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको दावी गरिन्छ ।
यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिँदै आएको छ । मुलुकको जनसख्याको १.४% प्रतिशत ईसाई रहेको नेपालमा पुष्पकमल दाहालको सरकारले क्रिसमसमा सार्वजनिक विदा दिएको थियो । केपी ओली नेतृत्वको सरकारले क्रिसमसको अवसरमा दिँदै आएको विदा कटौति गरेको थियो।
विश्वभरका इसाई धर्मावलम्बीहरुले इसा मसिह अथवा जिसस क्राइस्टको जन्म दिन पारेर हरेक वर्ष २५ डिसेम्बरका दिन क्रिसमस मनाउँदै आएका छन् ।
तस्बिर: फेसबूकबाट