अर्घाखाँचीमा थप आन्दोलनका कार्यक्रम सार्वजनिक, पौष २७ गतेको विशाल विरोधसभा

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ५ नम्बर प्रदेश टुक्रयाउने विरुद्द अर्घाखाँची जिल्लामा आन्दोलन चर्काएको संयुक्त सङघर्ष समितीले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमबार सन्धिखर्कमा संयुक्त सङघर्ष समितीले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । संयुक्त सङघर्ष समितीका अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु मुस्कानका अनुसार पौष २७ गते सन्धिखर्क विशाल जुलुश र सभा आयोजना गरिने भएको छ । 
संयुक्त संघर्ष समिति अर्घाखाँचीको आयोजना हुने उक्त पौष २७ गतेको विशाल विरोधसभामा माओबादी केन्द्रका नेता तथा सांसद टोप बहादुर रायमाझी, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद चन्द्र भण्डारी, नेकपा एमालेका नेता दुमान सिंह थापा, राष्ट्रिय जनमोर्चाका नेता तथा सांसद दुर्गा पौडेल लगायतबाट सम्बाेधन गर्ने कार्यक्रम रहेकोे छ । 
अर्घाखाँची जिल्लाभर ५ नम्बर प्रदेश टुक्रयाउने विरुद्द दैनिक जुलुस प्रदर्शन सभा भईरहेका छन् । 
नयाँ आन्दोलनका कार्यक्रम यस्तो छ:-  
  
 

अन्य समाचारहरु