ढिकुरा । फाइल तस्बिर
सुर्य प्रसाद भुसाल
ढिकुरा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ढिकुरा गाबिसमा सर्बदलिय तथा सर्बपक्षिय बैठक सम्पन्न भएको छ ।
गाबिस सचिब कमल बिकको अध्यक्षतामा बसेको बैठकले गाबिसमा योजना तर्जुमा समिति गठन गर्दै अागामी १४ गतेदेखि २१ गते सम्म सबै वार्ड भेला गरि गाउँपरिषदका लागि योजना माग गर्ने निर्णय गरेको छ ।
बैठकले पुस २४ गते योजना तर्जुमा समितिको बैठक बसि गाउँपरिषद पुस मसान्त सम्ममा सम्पन्न गर्ने निर्यण गरेको छ ।
बैठकले पुस २५ गते बिषेश नापी कार्यालयबाट खटिएको नापी टोलीले काम सम्पन्न गरिसकेकोले २५ गते पुर्जा बितरण गर्ने र उक्त कार्यक्रम भब्य रुपमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।
पुस २५ गते पुर्जा बितरण समारोहमा उपस्थित हुनका लागि बैठकले सबै ढिकुराबासीलाई अाग्रह समेत गरेको छ । बैठकमा नेपाली काङ्ग्रेसका सभापति उमेश घिमिरे जिल्ला सदस्य ज्ञान बहादुर बिक स्थायी सदस्य सुर्य प्रसाद भुसाल, रेमकला खत्री, सचिब अम्मर पराजुली, नेकपा एमालेका सचिब गिरि प्रसाद घिमिरे, मोति भट्टराई, देबि पोख्रेल, दिपक चुदाली, राष्ट्रिय जनमोर्चाका नारायण घिमिरे लगायतका नेताहरुले बैठकमा भनाइ राखेका थिए ।
कार्यक्रम गणेश पोख्रेलको सन्चालनमा भएको कार्यक्रममा हेपो प्रमुख भरत भुसाल कृर्षि प्रतिनिधि राजेन्द्र भट्टराई लगायत संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।